- Get link
- X
- Other Apps
अभिनेता सलोन बस्नेत निर्देशक शोभित बस्नेतका छोरा हुन्। चर्चित अभिनेता सलोन बस्नेत विवाह बन्धनमा बाँधिएको लगभग डेढ महिना भयो । नेपाल एयरलाइन्समा एयर होस्टेस रहेकी करिश्मा केसीसँग उनले लगनगाँठो कसेका हुन् । उनीहरुको चन्द्रागिरी हिल्स रिसोर्टमा विवाह भएको थियो । विहान १० बजेतिर बेहुली लिनका लागि चन्द्रागिरीस्थित निजी निवासबाट जन्तीसहित सलोन केवलकार चढेर चन्द्रागिरी हिल्स रिसोर्टमा पुगेका थिए ।
सलोन र करिश्माले चार वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । विवाहपूर्व शनिवार तारकेश्वरस्थित गोलढुंगामा रहेको पातलेवन रिसोर्टमा मेहेन्दी र संगीतको कार्यक्रम भएको थियो, जहाँ केही चर्चित कलाकारहरु पनि उपस्थित थिए । संगीत कार्यक्रममा सलोन अभिनेता सलिनमान बनियाँको काँधमा चढेर नाचेको भिडियो यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल छ ।
सलोन र करिश्माले एकसाथ ‘यति माया गर्दा पनि’ बोलको म्यूजिक भिडियोमा पनि अभिनय गरेका छन् । यसपछि भने उनीहरुले म्यूजिक भिडियोमा काम गरेका छैनन् । पेशाले एयर होस्टेस भए पनि करिश्माले विभिन्न व्यवसायमा समेत हात हालेकी छन् । उनले अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालासँग मिलेर दरबारमार्गमा एक कोरियन रेस्टुरेन्ट चलाउँदै आइरहेकी छन् ।
अहिले उनी बुवा शोभित बस्नेतले निर्माण गर्ने फिल्म ‘जय होस्’ मा व्यस्त छन्। सलोनले ‘नेपाली बाबु’ बाट बालकलाकारको रूपमा डेब्यु गरेका थिए। उनले ‘होस्टल, ए मेरो हजुर २, ए मेरो हजुर ३ ए मेरो हजुर ४, गाजलु, यात्रा, जय भोले, डाँडाको वरपीपल, बाबु कान्छा’लगायत थुप्रै फिल्ममा अभिनय गरिसकेका छन्।
- Get link
- X
- Other Apps

Comments
Post a Comment