शिवराजसँग यहि हप्ता बिवाह गर्ने तयारीमा निहारिका

 

काठमाडौँ – कुमारी आमा भनेर चर्चा पाएकी निहारिका राजपूतले शिवराज श्रेष्ठलाई आफ्नो पति भन्दै मिलापत्र गरेकी छिन् । उनीहरुले एक-अर्कालाई श्रीमान-श्रीमतीका रुपमा स्वीकारेर सँगै मिलेर बस्न तयार भएका छन् ।

निहारिकाले शिवराजबाट बलात्कृत भएको भन्दै जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेकी थिइन् । तर, सो मुद्दामा अदालतले शिवराजलाई सफाइ दिएको थियो । त्यसपछि निहारिकाले उच्च अदालत जनकपुरमा पुनरावेदन गरेकी छन् । उक्त पुनरावेदनको फैसला नआउँदै सोमबार धनुषा जिल्ला अदालतले उनीहरुबीच मेलमिलाप गराइदिएको हो ।

शिवराज र निहारिकाबीच प्रेमसम्बन्ध रहेको र प्रेमसम्बन्धमा समयमा भएको शारीरिक सम्बन्धलाई जबरजस्ती करणी भनी मान्न नमिल्ने भन्दै शिवराजलाई सफाइ दिएपछि उनले काठमाडौँमा आएर पटक पटक धर्ना बसेर अधिकारकर्मीको सहायता लिएर दबाब दिइन् र अधिकार पाउने अवस्थामा पुगेकी हुन् ।

माघ १६ गते नै शिवराज र निहारिकाबीच धनुषा जिल्ला अदालतमा मिलापत्र भई अब ‘श्रीमान्–श्रीमती’ मिलेर बस्ने र मुद्दा फिर्ता लिने मिलापत्र भएसँगै बलात्कार मुद्दाको पुनरावेदनको निवेदन पनि प्रभावित हुने भएको छ । उनले पनि निहारिका र आफू श्रीमानश्रीमती भई बस्दा बच्चा जन्मिएको स्वीकार गरेका छन् ।

निहारिका आफैँले अदालतमा निवेदन दिई आफूहरू मिलेर बस्न लागेको अदालतमा जानकारी गराएकी छिन् ।मिलापत्रपछि यसै हप्ता श्रेष्ठसँग विवाह गर्न लागेको राजपुतले बताएकी छन् । , ‘यसै हप्ता पण्डितसँग दिन देखाएर माता जानकीको मन्दिरमा विवाह गर्ने तयारीमा रहेको उनले बताइन् ।

उनले निहारिकालाई कुटपिट गरेको अस्वीकार गर्दै उनलाई अंश दिएर छुट्याउन तयार रहेको तथा श्रीमतीका रुपमा फेरि स्वीकारेर बच्चासमेतको जिम्मेवारी बहन गर्न पनि तयार रहेको उल्लेख गरेका थिए । दोस्रो विकल्पमा निहारिका पनि सहमत भएपछि समाधान निस्किएको हो । शिवराजको परिवारले पनि निहारिकालाई स्वीकार्ने भएको छ ।

Comments