- Get link
- X
- Other Apps

चर्चित बरिष्ठ भारतीय गायिका वाणी जयरामको मृ त्यु भएको छ। गायिका वाणी जयरामको चेन्नईमा निधन भएको हो । वाणी ७७ वर्षकी थिइन् । भर्खरै भारत सरकारले उनलाई पद्मभूषण पुरस्कारले सम्मान गर्ने घोषणा गरेको थियो । ७७ वर्षकी गायिका वाणी शनिबार बिहान चेन्नईस्थित आफ्नो घरमा मृ तक भेटिएकी थिइन्।
उनको मृ त्युको कारण अझै खुल्न सकेको छैन। उनले तमिल, तेलुगु, कन्नड, मलयालम, हिन्दी, उर्दूलगायत १९ भाषामा १० हजारभन्दा बढी गीत गाएकी छन्। केही समयअघि वाणीले आफ्नो सांगीतिक यात्राको ५० वर्ष पूरा गरेकी थिइन्।
वाणीले आरडी बर्मन, केवी महादेवन, ओपी नैय्यर, मदन मोहनसहित थुप्रै चर्चित संगीतकारहरूसँग काम गरेकी छन्। उनी यसै वर्ष पद्म भूषण पुरस्कारबाट सम्मानित भएकी थिइन्। उनको ‘हमको मनकी शक्ति देना, बोले रे पपिहारा, मेने तुम्हे पालिया, प्यार कभि कम नही करना सनम’ लगायत गीत चर्चित छन्।
- Get link
- X
- Other Apps
Comments
Post a Comment