मनकारी मेसीले गरे टर्की र सिरियाका भुकम्प पीडितलाई यति धेरै रकम सहयोग

 

विश्वकप विजेता अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेसीले भुकम्प पीडितलाई सहयोग गरेका छन् । टर्कीको मिडियालाई उद्धृत गर्दै टिराना पोस्टले अर्जेन्टिनी खेलाडी मेस्सीले आफ्नो फाउन्डेसनलाई भूकम्पले तहसनहस भएको क्षेत्रमा रकम सहयोग प्रदान गर्न निर्देशन दिएको बताएको छ । ३.५ मिलियन युरो भनेको करिब ५० करोड रुपैयाँ हो ।

भूकम्पमा परेर टर्की र सिरियामा ज्यान गुमाउनेको सङ्ख्या १५ हजार पुगेको छ । गएको सोमवार आएको भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या बझै बढ्ने अनुमान छ । अहिलेसम्म १५ हजार जनाको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ । भूकम्पका कारण कयौँ घाइते भएका छन् ।

भग्नावशेषमा पुरिएका कतिपयको अझै उद्धार हुन सकिरहेको छैन । राहत तथा उद्धारका प्रयास भइरहेका छन् भने हराइरहेकाहरुको खोजी पनि भइरहेको छ । आलोचकहरुले राहत तथा उद्धारको काम सुस्त भएको भन्दै टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको आलोचना गरेका छन् । तर, राष्टपति एर्दोगानले भने सरकारको बचाउ गर्नु भएको छ ।

उहाँले राहत तथा उद्धारमा केही कठिनाइ भएको स्वीकार गर्दै स्थिति नियन्त्रणमा नै रहेको दाबी गर्नु भएको छ । आलोचकहरुले राहत र उद्धारको काम छिटो छरितो हुन नसकेको र सरकारी तयारी पनि प्रभावकारी नभएको प्रतिक्रिया दिएका छन् ।

टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे ७.७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६,४ म्याग्निच्यूडको भूकम्प गएको थियो।

Comments