- Get link
- X
- Other Apps

कञ्चनपुरको भीमदत्त नगरपालिका– १० तिलकेनीकी द्रोपती कुँवर ‘एयरहोस्टेस’ हुन्। तीन वर्षअघि फ्लाई ट्याक इन्टरनेसनल प्रालि पुतलीसडक काठमाडौंबाट ‘एयरहोस्टेसको कोर्स गरेकी द्राेपती पृथक पेसामा आबद्ध छिन्।
अध्ययनअनुरूप अहिले हरेक दिन आकाशमा उड्नुपर्ने भए पनि २३ वर्षीया द्रोपती कुखुरापालन व्यवसायमा जुटेकी छिन्। बिहान उठ्दादेखि राति सुत्दासम्म कुखुरा, बाख्रा, गाईको स्याहारसुहारमै द्रोपतीको दिनचर्या कटिरहेको छ।
घरपरिवार डराउँछन्, उनले भनिन्, त्यही भएर पनि म पढेअनुरूप एयरहोस्टेजको जागिर गर्न चाहेकी छैन। पढाइअनुरूप जागिर गर्नुपर्छ भन्ने केही छैन, समाजमा केही गर्नका लागि कृषि व्यवसायसमेत सम्मानित पेसाजस्तै भएको छ।
उनको पेसामा आमाबाबुसहित घरपरिवारले समेत साथ दिएका छन्। द्रोपतीका बाबु पदम कुँवरले ०६१ सालदेखि व्यावसायिक रूपमा केराखेती गरिरहेको बताउँदै उनले छोरीको चाहना–योजनाअनुरूप अहिले व्यवसाय वृद्धि गरेको बताए।
अहिलेको कृषिको कारोबार सबै द्रोपतीले सम्हालेको बताउँदै उनले आफूहरू त सहयोगी मात्रै भएको बताए। ‘अब हामीले ड्रागनफुटदेखि आधुनिक फलफूलखेती गर्ने तयारी गरेका छौँ, उनले भने, ‘फर्ममा ४०-५० लाख लगानी गर्दासमेत कतै पनि सरकारी निकायबाट सहयोग पाएका छैनौँ।
अनुदान लिएर काम नगर्ने र कर्मचारीलाई घुस नदिँदा अनुदानबाट वञ्चित भएको उनकाे अनुभव छ। द्रोपतीको मिहिनेत देखेर स्थानीयसमेत हर्षित छन्। छोरी मान्छे, त्यसमा पनि एसरहोस्टेज कोर्स गरेर कृषि व्यवसायमा भविष्य देखेर काम गरेको भन्दै उनको प्रशंसा भइरहेको छ। -मोहन विष्ट/नयाँ पत्रिका
- Get link
- X
- Other Apps
Comments
Post a Comment