- Get link
- X
- Other Apps

प्रेम सुनार, गुल्मी । गुल्मीका एक युवा र अर्घाखाँचीकि एक युवती बिच फिल्मी शैलीको भएको रोचक बिवाह कहानिले त्यस जिल्ला सहित गुल्मीको प्रहरी देख्ने सुन्ने यी दुई जिल्लाका बासिन्दा चकित परेका छ्न । अर्घाखाँचीको छत्रदेव गाउँपालिका – ४ केरुङ्गाकी २१ बर्षिया राधिका सुनार र गुल्मीको धुर्कोट गाउँपालिका-५ वस्तुका२८ बर्षिय प्रकाश बिक बिच यहि माघ १२ गते भएको रोचक बिवाहा सम्बन्धले यहाँका बासिन्दा चकित परेका हुन ।
बिवाह गर्न भनी केही दिन अघि मात्र बिदेश बाट घर आएका प्रकाशलाइ केटि माग्न उनका आफन्तजनहरु विभिन्न ठाउँमा केटि हेर्न पुगे । त्यही क्रममा तम्घास भुजेलखर्ककी चमेली बिकले अर्घाखाँची केरुङ्गाकी उनै राधिका सुनारलाइ माग्न पुगिन । केटा केटिको मुख देखादेख गराइयो । एकले अर्कोलाई मन परापर भयो ।
एक आपासमा कुराकानी पनि भयो । त्यस पछि माघ १२ गते बिवाहा गर्ने टुङ्गो लाग्यो । सोही अनुरुप माइतिजनले हुनेवाला बेहुली राधिकालाइ केरुङ्गा बाट तम्घास ल्याएर आए । उता वस्तु बाट बेहुली लिन बेहुला सहितका जन्ती आएर राती नै लगरे गए । अर्को दिन बिहानै वस्तुको कालिका मन्दिरमा सिन्दुर टीका गराइ बेहुलीलाई घर भित्राइयो ।
बिहान देखि राती अबेर सम्म भव्य भोज भतेर , बाजातालमा नाचगान सुरु भयो । बेहुला बेहुली पनि एकले अर्काको हात समाउदै नाचेर माया साटा साट गरे । लोकन्तिको एकछिन साथ नछोडेकी बेहुली सङ्ग बेहुला नजिक भएर हासबोल गर्ने मौका त्यस रात पाएन्न । दोश्रो दिन माघ १३ गते हिडे दुलाहन फर्काउन ससुराली केरुङ्गा तर्फ । त्यस रात बेहुला जेठान सङ्ग सुते ।
बेहुली भने बिवाह एउटा सङ्ग सुहागरात अर्कै सङ्ग मनाउन हिडेको बेहुलालाइ पत्तै भएन । अर्थात बेहुली आफ्नो प्रेमी सङ्ग राती नै भागी सकेकी थिइन । बेहुला प्रकाश भन्छ्न मैले त आफन्त सङ्ग भेटघाटमा ब्यस्त होलिन भन्ने ठानेको थिए । अर्को दिन थाह भयो कि अघिल्लो दिन यता प्रकाश बिकको सिन्दुर पहिरिएकी राधिका अर्कि प्रकाश सङ्ग टाप कसेको कुरा । अर्को प्रकाश अर्थात छत्रदेव गाउँपालिका ३ मौवापोखरिका २२ बर्षिय प्रकाश सुनार ।
बिवाहमा करिव ५ लाखसम्म खर्च भएको उनको भनाइ छ । प्रकाश बिकले धोका खाए पछि जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी दिए । शुक्रबार दोश्रो पटककी बेहुली र उनको दोश्रो प्रकाश हन्समुख चेहरामा त्यस प्रहरी कार्यालयमा आइ पुगेका थिए भने यताको पहिलो प्रकाश निरास चेहरामा आइ पुगेका थिए। हामीले क्यामरा तेर्छाउदै तपाई टेलिभिजनको पर्दामा देखिन चाहनु हुन्छ भनेर अनुमती माग्दा नव जोडि दुबैले मुस्कुराउदै हुन्छ भने ।
राधिकाका दोश्रो प्रकाशका बाबुलाई उनिहरु बिच प्रेम सम्बन्ध छ भन्ने थाह पाएरै पहिलो प्रकाश भन्दा आफू पहिला माग्न गएको र शुक्रबार आउनुस भनेर पठाएको तर माइतिले बिवाह भने अर्कोसँग गराइ दिएको बताए । माया एउटासँग बिहे अर्को सँगको फन्दामा परेकी राधिका आफुले पहिलो प्रकाशसँग बिवाहा नहुनु अघि नै दोस्रो प्रकाशसँग लभ छ मेरो भन्दा भन्दै पनि जबर्जस्ति बिवाहा गराइ दिएको जिकिर गर्छिन ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment