- Get link
- X
- Other Apps

काठमाडौं । कुवेतमा रोजगारदाताबाट श्रम शोषणमा परेर बिरामी भएकी सिन्धुपाल्चोक बलेफि गाउँपालिका १ की रजिना कार्कीको सिधा कुरा जनतासँगको पहलमा उद्दार भएको छ ।
कुवेतको जिलिप भन्ने ठाउँमा बिरामी पर्दा उपचार नपाएर दुई महिनासम्म वेडमै थलिएकी उनी सोमबार नेपाल फर्किएकी छिन् ।रजिना बिरामी पर्दा घरमालिक र एजेण्टले न उनको उपचारमा चासो दिएका थिए न त नेपाल फर्काउन पहल नै गरेका थिए । त्यसपछि उनले आफ्नी दिदीलाई उद्दारका लागि विलौना गर्दैे भिडियो सन्देश पठाएकी थिइन् ।
रजिनाले पठाएको भिडियो सन्देश लिएर उनका आफन्तहरु कार्यक्रम सिधा कुरा जनतासँगको साहारा खोज्दै आइपुगेका थिए ।कार्यक्रमको ९६३औँ एपिसोडमा हामीले रिपोर्ट प्रशारण गरेका थियौँ । त्यसपछि उनलाई कुवेत पु¥याउने एजेण्ट मध्येका एक राम लामासँग लाइभ कार्यक्रममा जवाफ नै लिएका थियौँ ।
हाल कुवेतमै रहेका एजेण्ट लामाले आफुले नभइ पूर्णबहादुर सोटी मगरले रजिनाको बिचल्ली बनाएको दाबी गरेका थिए । र, यस्को दोष पूर्णबहादुरले नै लिनुपर्ने बताएका थिए ।नेपाल सरकारले कुवेत स्थित घरेलु कामदारको भिसा रोक लगाएको झण्डै ८ बर्ष भइसकेको छ । तर पनि दलालहरुले सेटिङ गर्दै कुवेतमा कामदारहरु पठाइ नै रहेका छन् । यस्ता गतिविधि रोक्न नेपाल सरकार, पररास्ट्र मन्त्रालय, वैदेशिक रोजगार विभाग लगायत निकाय मुकदर्शक बनेका छन् ।
रजिनालाई पनि भिजिट भिसामा भारतको दिल्ली हुदैँ कुवेत पु¥याइको थियो । दलालहरुले नेपाली चेलीहरुलाई कुवेतीको घर बेच्ने अनि पैसा पाएपछि उनीहरुको अबस्था कस्तो छ ? भन्ने बारे चासो नै नदेखाउने गरेको पाइएको छ ।कामदार अप्ठ्यारोमा परे उद्दार गर्नुको साटो उल्टै कुटपिट गर्ने र धम्की दिने गरेको पाइएको छ । रजिना पनि यस्तै नियतीको शिकार भएकी थिइन् ।
छाती दुख्ने र बेला बेला मुखबाट रगत आउने समस्या रजिनमा देखिएको छ । उनलाई कुन रोग देखिएको हो ? त्यो भने एकिन भइसकोे छैन् ।सोमबार नेपाल फर्किएकी उनी अब आफ्नो उपचार गराउने छिन् । रजिना घर फर्किएपछि उनका आफन्त पनि खुसी भएका छन् ।
रजिनाको उद्दारका लागि हामीले एनआरएनए कुवेतका पूर्व महासचिव, घेदुङ कुवेतका संरक्षक तथा प्रवास प्रदेश समितका उपाध्यक्ष निर्मल कुमार स्याङ्तानसँग सहकार्य गरिएको थियो ।(भिडियो)
- Get link
- X
- Other Apps
Comments
Post a Comment