फिल्म हिजोआजका कुराकी नायिका जेविकाले गरिन् इन्गेजमेन्ट, को हुन् उनका हुनेवाला पति ?

 

काठमाडौं । अभिनेत्री तथा मोडल जेविका कार्की र फिल्मका निर्माण नियन्त्रक मनोज जोशीबीच बुधबार इन्गेजमेन्ट भएको छ । फिल्म हिजोआजका कुरा, जयश्री दाम, कारखाना, पर्व र जन्मभूमिजस्ता फिल्मकी नायिका जेविका कार्कीले प्रेमीसँग इन्गेजमेन्ट गरेकी छिन् ।

पेप्सीकोलास्थित कार्कीकै निवासमा यी दुईले आफन्त र साथीभाइको उपस्थितिमा टीकाटालो गरे । पारिवारिक स्रोतका अनुसार उनले प्रेमी तथा फिल्मका निर्माण नियन्त्रक मनोज जोशीसँग इन्गेजमेन्ट गरेकी हुन् । उनले ४ वर्षदेखिको प्रेम सम्बन्ध विवाहमा परिणत गर्न लागेका हुन् ।

आगामी फागुन ४ गते विवाह र ७ गते रिसेप्सन पार्टीको आयोजना गरिएको छ । नायिका कार्की म्युजिक भिडियोमा पनि ब्यस्त मोडलका रुपमा परिचित छिन् । उनले पछिल्लो समय सुनिल गिरीको मसला बोलको गीतमा अभिनय गरेको भिडियोले राम्रो चर्चा कमाएको थियो ।

जेविकाको पछिल्लो फिल्म ‘हिजोआजका कुरा’ थियो । त्यसअघि उनले जयश्री दाम, कारखाना, पर्व र जन्मभूमिजस्ता फिल्ममा पनि अभिनय गरेकी छन् । फिल्मसँगै उनी म्युजिक भिडियोमा पनि उत्तिकै सक्रिय छिन् । जोशी चाहिं फिल्मसँगै म्युजिक भिडियोका निर्माण नियन्त्रक हुन् ।

Comments