घर नजिकै मृ त भेटिइन् २० वर्षीया राधिका

 

डडेल्धुरामा एक युवती झुण्डिएको अवस्थामा फेला परेकी छन्। आलिताल गाउँपालिका–७ मेलगाझाकी २० वर्षीया राधिका साउद मृ त फेला परेको ईलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ।

मेलगाझा घर नजिकैको जंगलमा किशोरी रुखमा झुण्डिएको अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गंगादत्त बडूले बताए। अहिले ती किशोरीको श व पोष्टमार्टमका लागि जोगबुढा अस्पतालमा ल्याइएको छ।

‘रुखमा झुण्डिएको अवस्थामा श व भेटिएको छ, घटना प्रकृति हेर्दा आत्मह त्या जस्तो देखिन्छ,’ उनले भने, ‘पोष्टमार्टम रिपोर्टले थप खुलाउला।’ अहिले ती युवतीको श व पोष्टमार्टमका लागि जोगबुढा अस्पतालमा ल्याइएको छ। पोष्टमार्टमको तयारी भइरहेको प्रहरीले जनाएको छ।

उनी जोगबुढास्थित त्रिवेणी बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययरत थिइन्। साउद मृत भेटिएपछि बुधबारदेखि हुने भनिएको चौथो गाउँपालिकास्तरीय अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता एक दिनलाई सरेको छ।

घरनजिकै झुन्डिएको अवस्थामा भेटिएकी साउद ७ नम्बर वडाको महिला टिमकी सदस्य थिइन्। यो प्रतियोगिता माघ १६ गतेदेखि गर्ने तयारी थियो। तर स्थगित गरेर आजलाई सारिएको थियो। खेलाडी मृत भेटिएपछि प्रतियोगिता एक दिन पर सरेको हो।

Comments