प्रेम जोडी आशा खडका र सागर गौतम बिहेपछि मिडियामा, खुलाए सुटुक्क बिहे गर्नुको कारण (भिडियो सहित)

 

काठमाडौं – ‘सुकुमाया’ का नामले परिचित चर्चित कलाकार आशा खड्का ‘सुकुमाया’ वैवाहिक जीवनमा बाँधिएकी छन् । उनी छायाँकार तथा कलाकार सागर गौतमसँग बैवाहिक जीबनमा बाधिएकी हुन् ।

आशा सामाजिक संजालमार्फत आफु बैवाहक जीबनमा बाधिएको जानकारी गराएकी हुन् । आफ्ना श्रीमानसँगको फोटो सार्वजनिक गर्दै वैवाहिक जीवनमा बाँधिएको आधिकारिक जानकारी दिएकी हुन् । अफ्नो फेसबुकमा जीवनको नयाँ अध्याय सुरु गर्न पाउँदा अत्यन्तै खुशी लागेको उनले ृल्लेख गरेकी छन् ।

उनले लेखेकी छन, ‘आजको दिनसम्म मलाई एउटा कलाकारको रुपमा मात्रै नभएर आफ्नै परिवारको सदस्यलाई झैं माया गर्नुहुने मेरा आदरणीय दर्शक महानुभावहरुलाई हजुरहरुले नै चाहनुभएको मान्छेसँग मैले जीवनको नयाँ अध्याय सुरु गरेको कुरा बताउन पाउँदा म अत्यन्तै खुशी छु । मलाई र मेरो श्रीमानलाई धेरै आशीर्वाद दिनुहोला ।’

आशा र सागरले सँगै केही समय देखी सँगै सिरियलमा काम गर्दै आएका छन् । आशाकै निर्देशन र निर्माणमा बनेका ‘भुन्टी’ र ‘कान्छी’ सिरियल दर्शकमाझ निकै लोकप्रिय छ । प्रेम जोडी आशा खडका र सागर बिहेपछि मिडियामा आएका छन् । खुलाए सुटुक्क बिहे गर्नुको कारण हेर्नुहोस यो भिडियो ।

Comments