अभिनेत्री जेबिकाले गरिन् प्रेमी मनोजसँग धुमधामका साथ विवाह (फोटोफिचर)

 

काठमाडौं। अभिनेत्री तथा मोडल जेबिका कार्कीले प्रेमी मनोज जोशीसँग विवाह गरेकी छन् ।आफन्त र सीमित साथीभाइको उपस्थितिमा बिहीबार उनले बत्तिसपुतली स्थित अनुप फुडल्याण्डमा विवाह गरेकी हुन् ।

विवाहको रिसेप्सन भने फाल्गुण ७ गते राखिएको छ । विगत पाँच वर्षयता प्रेममा रहेका कार्की र जोशीको केही दिन पहिले इन्गेजमेन्ट गरेका थिए । उनीहरु चार वर्षदेखि प्रेम सम्बन्धमा थिए । जेविकाको पछिल्लो फिल्म ‘हिजोआजका कुरा’ थियो । त्यसअघि उनले जयश्री दाम, कारखाना, पर्व र जन्मभूमिजस्ता फिल्ममा पनि अभिनय गरेकी छन् ।

फिल्मसँगै उनी म्युजिक भिडियोमा पनि उत्तिकै सक्रिय छिन् । जोशी चाहिं फिल्मसँगै म्युजिक भिडियोका निर्माण नियन्त्रक हुन् । मनोज जोशी नेपाली चलचित्र, म्युजिक भिडियो तथा विज्ञापनको छायांकन युनिटमा निर्माण नियन्त्रकको काम गर्छन् ।




Comments