हिजो तिमी जनतालाई दुख्दा कराउँथ्यौ, यसपटक आँफैलाई दुखेर करायौ भन्दै रवि पत्नि निकिताले लेखिन भाबुक स्टाटस
- Get link
- X
- Other Apps

काठमाडौ । चलचित्र विकाश बोर्डकी पूर्व अध्यक्ष निकिता पौडेलले आफ्ना पति रवि लामिाछानेलाई नआत्तिन सुझाव दिएकी छिन् । सामाजिक संजालमा रविको प्रशंसा गर्दै उनले भनेकी छिन् हिजो तिमी जनतालाई दुख्दा कराउथ्यौ यस पटक आफैलाई दुखेर कराएका हौ ।
तिमीलाई भगवानले सँधै रक्षा गर्छन् । उनी अगाडी लेख्छिन् मेरो मान्छे, जनताको मान्छे हो। आम -संचारले के भन्छ छोडिदेउ,आम मान्छेको मनमा छौ तिमी। हिजो तिमी जनतालाई दुख्दा कराउथ्यौ यस पटक आफैलाई दुखेर कराएको हौं। मलाई यस्तै हिम्मतिलो तिमी मन पर्छ। निडर,निर्भीक रवि लामिछाने, जनताको रवि लामिछाने, मेरो रवि लामिछाने। भगवानले सधै तिम्रो रक्षा गर्छन्।

यसैबिच पूर्व स्वास्थ्यराज्यमन्त्री तथा ललितपुर ३ कि प्रतिनिधि सभा सदस्य तोसिमा कार्कीले पार्टी सभापति रवि लामिछानेलाई विचलित नहुन आग्रह गरेकी छिन् । समाजिक संजालमा स्टाटस लेख्दै नेतृ कार्कीले भनेकी छिन् विचलित नहुनुहोस् सभापतिज्यू । जनता आँफुसँग साथमा भएको उल्लेख गर्दै नेतृ कार्कीले भनेकी छिन्हजुर कत्ति पनि विचलित नहुनुहोस् सभापतिज्यू, हामी साथमा छौँ।
हामीसँग जनता साथमा छन्। जनतासँग गरेको एक(एक बाचा भुलेका छैनौँ। भुल्ने छैनौँ । सभापति रवि लामिछानेले आइतबार आयोजित पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिलाई आइतबार र सोमबार फेरी ठूला मिडियाले अनियन्त्रित अभिव्यक्ति भन्दै समाचार छापिरहेका बेला नृतृ कार्कीले विचलित नहुन भन्दै ढाडस दिएकी हुन् ।
उनले लोकतन्त्रमा सबैभन्दा शक्तिशाली जनता हुने भन्दै उनले सत्य, साहस, निष्ठा र ईमानको न्याय एवम् सुरक्षा गर्ने जिम्मा पनि जनताकै भएको बताएकी छिन्। उनी अगाडी लेख्छिन् हामी जहाँ उभिन्छौँ जनताको मुद्दाको वकालत त्यहीँबाट गर्छौँ र गरिरहन्छौँ। लोकतन्त्रमा सबैभन्दा शक्तिशाली जनता हुन्। त्यसैले सत्य, साहस, निष्ठा र ईमानको न्याय एवम् सुरक्षा गर्ने जिम्मा पनि खुद जनतालाई नै सुम्पेका छौँ, उनले भनिन्।
- Get link
- X
- Other Apps
Comments
Post a Comment