- Get link
- X
- Other Apps

काठमाडौं । अभिनेत्री जल शाह र मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । केही समयअघि अमेरिकाबाट नेपाल आएकी अभिनेत्री जल शाह र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच भेटघाट भएको हो । पति शरद रिमाल र छोरी कलशलाई लिएर जल मेयरको कार्यालयमा पुगेकी थिइन् ।
उनीहरुले करिब ४५ मिनेट कुराकानी गरे । आफूलाई ह्याण्डसम लाग्ने भन्दै जलले मेयर बालेनको प्रशंसा गरिन् । मिडियामा देखेको भन्दा ह्याण्डसम लागेको भन्दै उनले प्रशंसामा शब्द खर्चिइन् । बालेन पनि जलको प्रशंसामा मख्ख परे ।
आफू जलको फ्यान भएको भन्दै उनका फिल्महरु नबिराई हेर्ने गरेको अनुभव बालेनले सुनाए । पूजा चन्द र जलका फिल्म त्यतिबेला आफूलाई खुबै मनपर्ने बालेनको भनाइ थियो । अनि बालेनले अमेरिकामा मेयरको सिस्टम कस्तो छ भन्दै जलका पति शरदलाई जिज्ञासा राखेका थिए ।
छोरी कलशले काठमाडौंमा राति मात्र किन मापसे जाँच हुन्छ भन्दै बालेनलाई प्रश्न गरेकी थिइन् । जवाफमा बालेनले नेपालमा प्रायः राति मात्र मदिरा पिउने प्रचलन रहेकाले राति मात्र मापसे चेकजाँच हुने बताएका थिए ।
दिउँसो मापसे चेक गर्दा ट्राफिक जाम हुने उनको भनाइ थियो । एक महिनाअघि सपरिवार नेपाल घुम्न आएकी जल अमेरिकामा बसोबास गर्दै आएकी छन् । अहिले काठमाडौं परिवार सहित आएकी जल शाह घुमघाम भेटघाट र अन्र्तवार्तामा व्यस्त छिन् ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment