- Get link
- X
- Other Apps

विशेषगरी युवायुवतीहरुले एकअर्काबीचको अब्यक्त प्रेमलाई व्यक्त गर्ने अवसरको रुपमा आजको दिनलाई लिने गरेको पाइन्छ ।
प्रेम दिवसको दिन सबै प्रेमिल जोडिहरुले आफ्ना श्रीमान, श्रीमति, प्रेमि , प्रेमिका का तस्बिरहरु सामाजिक संजालमा अप्लोड गरि प्रेमका भाबहरु प्रकट गरिरहेका बेला दैलेखमा भने श्रीमानले आफ्नै श्रीमतीलाई कुटी कुटी मा,रेका छन ।
एकातर्फ आफ्नी श्रीमतीलाई खुसी बनाउनका निम्ति श्रीमानहरुले गुलाबको फुल, चोकलेट, टेडि,लगायतका गीफ्टहरुसंगै माया साटासाट गरिरहेका छन् भने अर्को तिर दैलेखमा २८ वर्षिय कृष्णबहादुर खड्काले आफ्नी २७ वर्षीय पार्बती बीसीलाई कुटपिट गरि ह,त्या गरेका छन ।
गुराँस गाउँपालिका ८ गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले आफ्नी २७ वर्षीया श्रीमती पार्वती बीसीलाई कुटपिट गरि ह,त्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
श्रीमान श्रीमतीबीच पारिवारिक विवाद भएपछि सोमबार राति साढे १० बजे कृष्णबहादुरले काठले हानेर ह,त्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी किशोर लम्सालले जानकारी दिनुभएको छ ।
घरमा दुईजना मात्रै बस्दै आएको र विवाद भएपछि श्रीमानले ढोका अडयाउन लगाइने काठको गरालोले हान्दा घटना स्थलमै मृ,त्यु भएको डीएसपी लम्सालले बताउनुभएको छ ।
स्थानीयवासीका अनुसार विगत केही दिनदेखि श्रीमान र श्रीमति बीचमा विवाद हुँदै आएको थियो । सोही विवाद बढ्दै गएपछि कृष्णबहादुरले श्रीमती पार्वतीलाई हत्या गरेका हुन ।
ह,त्याराले कान सुन्न नसक्ने भएकाले अनुसन्धानमा स,मस्या भएको प्रहरीले जनाएको छ । श,वलाई दैलेख जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको डीएसपी लम्सालले जानकारी दिनुभएको छ । गत मंसिर २६ गते उनीहरुको मागी बिवाह भएको थियो ।
प्रहरीका अनुसार दुवैजना शारीरिका रुपमा अशक्त थिए । ‘श्रीमान कान सुन्न नसक्ने र बोल्न नसक्ने , श्रीमती पनि शारीरिक रुपमा अशक्त रहेको पाइएको छ ।
घ,टनाबारे थप अनुसन्धान भै रहेको छ, डीएसपी लम्सालले भने । दैलेख जिल्ला अस्पतालमा श,व पोस्टमार्टम गर्दा मृ,तकको मुखमा घाँस कोचिएको र दाँत समेत खसेको पाइएको डीएसपी लम्सालले जानकारी दिए ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment