- Get link
- X
- Other Apps

रुरुक्षेत्र गाउँ’पालिका वडा नं. १ च्युरेक ठाडा’बाटको जम्दार टोलमा बुधबार बिहानैदेखि चहल पहल छ ।
भएभरका छोरा बुहारी नाति,नातिना पलाँति-खलाँति जम्मा भएका छन । गाउँ’भरि ध्यान जम्दार्नी आँबैको घरतर्फ केन्द्रित छ ।
घरभरी परिवार जम्मा हुँदा जम्दार्नी आमा खुसीले गदगद छन र कहिले नाति नातिना’सँग कुरा गर्छिन । कहिले साना पलाँतिनि खेलाउँछिन ।
एउटा दुर्लभ दिन, एउटी आमा छोराका चौरासीपुजामा सरिक हुने यो सयोग सम्भवत अहिले सम्म सुनिएको छैन जुन संयाेग जम्दार्नी आँबैको घरमा जुटेको छ ।
यस्ताे कर्म सबैको कहाँ हुन्छ र आमाले छोराको चौ’रासी गरेको यो सयोग हजारौं वर्षमा सुन्न पाईन्छ र हामीले यो अवसर देख्न पायौंँ ।
हामी धन्य छौँ” च्यूरेकका पण्डित पशुपति घिमि’रेले भने । जम्दार्नी आँबैका जेठा छाेरा धन बहादुर सुवेदी क्षेत्रीको चौरासी पुजामा एकसय दस वर्ष पूरा गरेकी आमा ईन्द्र कुमारी सुवेदी क्षेत्रीले छाेराको दिर्घ जीवनका लागि आशिर्वाद दिईरहेको नजारा देख्न लायक थियो ।
बिक्रम सम्वत १९६९ मा च्यूरेक ठाडा’बाटाका वीर बहादुर क्षेत्रीकी जेठि छोरिको रुपमा जन्मेकि इन्द्र कुमारी क्षेत्रीको विवाह पनि ठाडाबाटाकै पदम बहादुर सुवेदीसँग भएको थियाे ।
भारतको ९ जिआरमा भर्ति भएका जमदार्नी आँबैका बुढा फौजमा जमदारको दर्जा पाए’पछि बुढा जमदार बा बने र इन्द्र कुमारीको नाम जम्दार्नी आँबै बन्यो ।
जम्दार्नी आँबैको तिनभाई छोरा बुहारी नाति नातिना पलाँति खलाँति गरि चारदर्जन परिवार छन । जेठा छोरा धन बहादुरसंग बस्दै आएकी जम्दार्नी आंबैको रेखदेख जेठि बुहारी तुल्सा सुवेदीले गर्दै आईरहेकी छन तर आमा प्रतिको जिम्मेवारी सबै छोरा बुहारी नाति नातिनाले उत्तिकै लिएका छन ।
छोराको चौरा’सीमा आँखाबाट खुसि’का आँसु झार्दै जम्दार्नी आँबैले छोरालाई आशिर्वाद दिईन र भाग्यमानि छोराले एक सय दस वर्षकी आमाबाट शिर निहुर्याएर आशिर्वाद लिए ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment