बिहीबारदेखि भीरमा अड्किएका एक पुरुषको शुक्रबार सकुशल उद्वार

 

पर्वत । बिहीबारदेखि भीरमा अड्किएका एक पुरुषको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। पर्वतको कुश्मा नगरपालिका–५ स्थित बडागाउँ भिरमा अड्किएका वडा नम्बर ७ दुर्लुङ्गचोक बस्ने ५३ वर्षीय गौतमको शुक्रबार सशस्त्र प्रहरील उद्धार गरेको हो।

स्थानीयले जानकारी गराएपछि सशस्त्र प्रहरीले रोप रेस्क्यु विधि अपनाई करीव १५ मिटर तलबाट गौतमको सशुकल उद्वार गरेको हो। उद्वारपछि उनलाई उपचारको लागि जिल्ला अस्पताल पर्वत पठाइएको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

यो पनि/ अन्य समाचार – ओखलढुंगामा सुतेकै अवस्थामा एक युवा मृत भेटिए, ओखलढुंगा । सुतेकै ठाउँमा एक युवा मृत फेला परेका छन् । जिल्लाको सिद्धिचरण नगरपालिका–१० बाँसबारी चोकमा अन्दाजी २२ वर्षीय युवा युवराज धमला आज (शुक्रबार) बिहान सुतेकै अवस्थामा मृत फेला परेका हुन् ।

प्रहरीका अनुशार गएराती झन्डै साढे ९ बजेतिर आफन्तको बिहे भोजबाट फर्किएर उनी आफ्नै कोठामा सुत्न गएका थिए । उनी सुत्ने कोठामै उनका केहि आफन्त (पाहुना) पनि सुतेका थिए । बिहानै उठेर फर्किन लागेका आफन्तले आफूहरु फर्किने जानकारी गराउन उनलाई बोलाउँदा नबोलेपछि परिवारका अन्य सदस्य र आफन्तले आएर हेर्दा उनको मृत्यु भइसकेको पाइएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएपछि जिल्लाबाट खटिएको प्रहरीले टोलीले घटना स्थल पुगेर आवश्यक कानुनी प्रक्रिया पुरा गरी शबलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल रुम्जाटार पठाएको छ । घटनाको प्रारम्भिक अनुसन्धान गर्दा घटना शंकास्पद नरहेको पाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

उनको अत्यधिक मदिरा सेवनबाट मृत्यु भएको हुन सक्ने आशंका गरिएको भएपनि मृत्युको कारण पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै खुल्ने उनले बताए । घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

Comments