- Get link
- X
- Other Apps

गुल्मि जिल्लाको इस्मा गाउपालिका ,साउदिमा भोजराज कुमाल करिब आठ महिनाबाट दुखद जीवन बेथित गरिरहेका थिए।काम गर्ने क्रममा मेसिनमा दुबै खुट्टा परेपछि उहाले दुबै खुट्टाहरुमा एकदमै ठुलाठुला घा उहरु लागे र एउटा त पुरै निष्क्रिय अवस्थामा थियो ।आमा बुवाका साथमा दुई छोराछोरी बस्दै आएका छन् ।घरबार नभएको उक्त परिवार अहिले अरुकै घरमा बास मागेर बास बस्दै आइरहेका छन् ।
बुढेसकालमा बुवाले बिवाह गर्दैगर्दा उहाका पनि दुई छोरिहरु छन् । लगभक ६ जनाको परिवारको अहिले बिचल्लि भएको छ । श्रिमानको यस्तो अवस्था हुदैगर्दा आफ्नो छोराछोरी समालेर दुख सुख परिवारसगै बस्नुपर्नेमा सबै छोडेर अन्यत्र नै गइदिनुले ती छोराछोरीको यति सानै उमेरमा मस्तिष्कमा पनि असर जो परिरहेको छ ,आमाको अभाव त छनै । आउने बाटो केही पनि नहुदा र आर्थिक अवस्था शून्य बराबर हुदैगर्दा परिवार भोकभोकै बस्न बि बस थियो ।सानि छोरी बिनिताको एकदमै राम्रा र चाखलाग्दो कुराहरु साथै आफ्नो बाबा प्रतिको स्नेह पछिल्लो समय सामाजिक संजाल भरि एकदमै भाइरल भयो ।
यो सगसगै मनकारि नेपाली मनहरुले उक्त परिवारको दुख देखेसगै उनिहरुलाई सहयोग स्वरुप लत्ताकपडा र रकम पठाएसगै सो सबै सामान लिएर मिडिया पुगेको भिडियो हामिले अघिल्लो शृङ्खलामा देखाइसक्यौ । सानि छोरी बिनिता र साउदिको अस्पतालमा उपचारको क्रममा रहेका आफ्ना पितासग फोन मार्फत कुरा गर्दै आफुलाई छो डेर जाने ममिको धेरै याद आउने गरेको उनले बताएकि थिइन ।
साथै छिटो निको भएर घर आउन आफ्नो बुवालाई उनिले भनेसगै उनिले आफ्ना बुवालाई अर्कि ममि ल्याउने हो या हैन भन्दै प्रश्न गर्दा सबैजना एकदमै भा वुक समेत बनाएको थियो ।पछिल्लो समय भोजराजको स्वास्थ्य पहिलेको भन्दा अलिक सुधारिएको थियो र फेरि पुर्णत अप्रेसन गर्ने तयारि गरेसगै अहेले भने उनी अस्पतालबाट बाहिर समेत निस्किसके जानकारी छ । बिनिता कुमाल अहिले धेरै खुसि छिन् ।पहिलेको जस्तो अहिले बिनिताको घरमा गाँस बाँस कपासको कतिपनि कमि छैन् ।
अहिले बिनितालाई धेरै संघ संस्थाले सहयोग गर्नुभयो ।उक्त संस्थाले खाद्य सामाग्री शैक्षिक सामाग्रि नगद सहित सम्पुर्ण आवश्यक चिजबिजको राम्रो बन्दोबस्त गरिदिएका छन् । यो सबै सगै बिनिता एकदमै खुसि भएकि छिन्।अब पढ्न पाउने भइयो र आफुले देखेको सपना पूरा गर्न पाईने भयो भन्दै उनी खुसि भएकि हुन् । तर उनी जति खुसि छिन् उतिनै दुखि पनि ।अहिले बिनिताको टाउकामा स-साना गिर्खाहरु जुन इन्फेक्सनका कारण देखिएसगै ती गिर्खाहरु फैलिदै घाटिसम्म पुग्दै गर्दा उनको अवस्था बोल्ननै नसक्ने भएको हामिलेपनि अनुभव गर्यौ ।
टाउकोको उपचार गरे घाटिका गिर्खाहरु आफै हराएर जाने चिकित्सक बताउँछन् ।अहिले बिनिताको बाबा यानकि भोजराज कुमाल साउदिको अस्पतालबाट निस्किएका छन् ।आफू अस्पतालबाट निस्किएको र चाडै नेपाल आउने उनिले बताएका छन् । साउदीमा मृ त्युको मुखमा पुगेका बिनिताका बुवा भोजराज कुमाल अब नेपाल आउँदै छन् ।उनी अहिले निको भैसकेको र अब छिट्टै नेपाल फर्कने कुरा हामीलाई बताए ।बाबा आउने खबर सुनेपछि बिनिताले अब मीठो खानेकुरा खान पाउने र बाबाले आफुलाई टिभी ल्याइदिने आशा गरेकी छिन् ।
उनको नयाँ म्युजिक भिडियो र गीत सार्वजनिक भएको छ जुन एकदमै छोटो समयमा करोडौले रुचाइसकेका छन् ।उक्त गितको बोल ए मेरो बाबा भएसगै स्वर ओम सेन्चुरि र रबिना बस्यालको रहेको छ । धेरै समयपछि अहिले बिनिता कुमाल मिडियामा आएकि छिन् । उनको घरमा जाँदै गर्दा उनी खाना पकाउदै थिइन ,सानो भएपनि ठुलो जिम्मेवारि काधमा लिएर बिनिता जो बाचिरहेकि छिन् । आफुलाई बुवाले राम्रो पढ्नु राम्ररि बस्नु भनेको र आफुलाई बुवाको धेरै याद आउने गरेको भन्दै तोते बोलिमा मिठामिठा गित पनि सुनाइन ।हेर्नुस् भिडियो सामाग्री ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment