पल शाहको जन्मदिनमा यस्तो सरप्राइज लिएर कारागारमै भेट्न पुगिन् पुजा शर्मा

 

काठमाडौं – नायक तथा मोडल पल शाहको आज जन्मदिन परेको छ । जनम्दिनमा उनलाई सामाजिक संजालबाट धेरैले शुभकामना दिएका छन् । जन्मदिनमा सामाजिक काम गर्दे आएका शाहलाले यो पटक त्यसो गर्न पाएनन् ।

पल आफ्नो जन्मदिन प्राय: सामाजिक कार्य गरिरहेका संस्थामा नै पुगेर मनाउने गर्दथे । उनी कहिले बृद्ध आश्रम पुग्थे त कहिले अनाथ आश्रम । पल भन्थे, ‘मलाई पार्टी गर्ने, झुम्ने भन्दा पनि सामाजिक कार्य गर्न नै रमाइलो र खुसी लाग्छ ।’

तर यो पटक भने त्यसो गर्न पाएनन् । जन्मदिन फ्यान, शुभचिन्तक र परिवारसँग मनाउन पाएनन् । किनकी । एक नाबालिका गायिकाले बलात्कारको मुद्दामा उजुरी दिएपछि पल विगत एक बर्षदेखि तनहुँको कारागारमा छन् । यसैले, उनले जन्मदिन कारागार भित्रै मनाउनुपर्नेछ ।

जन्मदिनमा पल शाहलाई शुभकामना दिन नायिका पूजा शर्मा, निर्देशक शोभित बस्नेत र संगीतकार योगेशकाजी पनि कारागारमै पुगेका छन् । पूजाले लिएर गएको केकमा पल र उनको तस्वीर पोतिएको छ । ११ बजे त्यहाँ पुगेका उनीहरुले पलसँग कारागारभित्र झण्डै २० मिनेट बिताए । पलकी ठूलीआमा नाता पर्ने व्यक्ति पनि कारागार पुगेकी थिइन् ।उनीहरुले पललाई जन्मदिनको शुभकामना दिएका छन् ।

शाहले तनहुँ जिल्ला कारागारभित्रै जन्मदिन मनाउँदैछन् । कारागार प्रशासनले आफन्त र केही साथीभाइको उपस्थितिमा केक काटेर जन्मदिन मनाउन शाहलाई अनुमति पनि दिएको छ । पलले एउटा केक अर्डर गरेको र प्रशासनले जन्मदिन मनाउन अनुमति दिएको हो ।

पललाई जिल्ला अदालत, तनहुँ बलात्कारको मुद्दामा सफाई दिइसकेको छ । तर, जिल्ला अदालत, नवलपुरले भने उनलाई बलात्कारको मुद्दामा सफाई दिए पनि दुव्र्यवहारको मुद्दामा साढे २ बर्षको जेल सजायँ सुनाएको थियो ।

Comments