- Get link
- X
- Other Apps
काठमाडौँ । परिवारसँग समय बिताइरहेका पलले पहिलो भिडियो मलिकासँग खेल्ने संभावना छ । गत हप्ता जेलबाट रिहा भएका अभिनेता पल शाह अब अभिनयमा फर्किने तयारीमा छन् ।
फागुण १५ गते अदालतबाट सफाई पाए लगत्तै पोखरा गएर फ्रेस भएर काठमाडौँ आएका पलले अहिले आफ्नो सुटिगंको सेड्युल मिलाइरहेका छन् । हाल परिवारसँग समय बिताइरहेका पलले आधा दर्जन बढी फिल्म र ५० भन्दा बढी म्यूजिक भिडियोमा काम गर्ने वचन दिइसकेका छन् ।
जसका लागि उनले गत वर्ष नै समय दिएका फिल्म र भिडियोलाई नै पहिला गर्ने बताइन्छ । पललाई हालै उनको निवासमा नै पुगेर भेटेर फर्किएका म्यूजिक भिडियो निर्देशकका अनुसार पलले सबैभन्दा पहिला आफ्नै च्यानलका लागि भिडियो खेल्दैछन् ।
जसमा मलिकाले अभिनय गर्ने संभावना बढी छ । यसअघि पलले मलिकासँग फुल बुट्टे सारीमा अभिनय गरेका थिए । ‘फुलबुट्टे सारी र टाढा भएपनि’ बोलको गीतमा देखिएपछि यो जोडीलाई दर्शकले अत्याधिक रुचाएका थिए ।
४ दर्जन बढी भिडियोको लागि पनि पलले वचन दिइसकेका कारण फिल्महरु साइन गर्नु अघि केही भिडियोको काम सकिहाल्ने पललाई भेटेर फर्किएका निर्देशक बताउँछन् ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment