- Get link
- X
- Other Apps
काठमाडौं । फिल्म ‘छक्कापञ्जा ४’ले घरेलु बक्स अफिसमा धमकेदार कमाय गरिहेको छ । दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ‘छक्का पन्जा ४’ले बक्स अफिसमा बम्पर व्यापार गरिररहेका बेला यसले कतिसम्मको व्यापार गर्ला भन्ने विषय अहिले धेरैको चासो बनिरहेको छ ।
शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले रिलिजको पाँचौ दिनसम्म बक्स अफिसमा ५ करोड भन्दा बढीको ग्रस कलेक्शन गरिसकेको निर्माण पक्षको दाबी छ ।सुरुवाती दुई दिनमा तीन करोड कमाएको फिल्मले सोमबार होलीको बिदामा डेढ करोडभन्दा बढी ग्रस कमायो
मंगलबार तराई–मधेशमा हुने होलीपर्वको बिदामा फिल्मले देशव्यापी ७० लाख र बुधबार नारी दिवसको बिदामा पनि फिल्मले कम्तीमा एक करोड ग्रस गर्ने पक्का थियो । यो ट्रेन्ड हेर्दा फिल्मको पहिलो साताको कमाइ आठ करोड हाराहारीमा पुग्ने देखिएको छ ।
फिल्मले बक्स अफिसमा धमाकेदार कमाईरहेका बेला यसका कलाकारद्धय केदार घिमिरे र बेनिशा हमालको कामको सबैले तारिफ गरिरहेका छन् । फिल्मको मुख्य नायिकाको रुपमा रहेकी बेनिशा हमाल एक शक्तिशाली पात्रको रुपमा उदाएकी छिन् ।
जहाँ नायिका बेनिशा युट्युबरको रुपमा देखिएकी छिन् । उनका कारण ठूला ठूला बिषयको भण्डाफोर भएको दृश्यहरु फिल्ममा देख्न पाइन्छ । बेनिशाकै कारण फिल्ममा देखिने परिवर्तन गज्जबको छ ।
उनको करिअर सुखद तरिकाले अगाडि बढ्न नसकिरहेका बेला ‘छक्का पन्जा ४’मा बेनिशाले सशक्त अभिनय र बलियो भूमिका पाएसँगै उनको करियरले पनि राम्रो मोड लिने संभावना बढेको छ । ‘छक्कापञ्जा ४’लाई हेमराज बीसीले निर्देशन गरेका हुन् ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment