धोकेबाज’ गीत विवादमा आएपछि पहिलोपटक बोले शिव परियार, भने -‘अप्राकृतिक कन्ट्रोभर्सी’ गर्न खोजियो


 काठमाडौं । गायक शिव परियारले ‘धोकेबाज हौ तिमी’ गीतमा विवाद गर्नुपर्ने कुनै आधार वा आवश्यकता नभएको उल्लेख गरेका छन् । सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै शिबले आफूले जस लिन खोजिरहेको भन्ने विवादमा औपचारिक प्रष्टीकरण दिँदै यस्तो बताएका हुन् ।

यस गीतलाई मेल, फिमेल र चाइल्ड भर्सनमा आफ्नो स्वर दिएर गाउने गायक-गायिका नै यस गीतका आधिकारिक र ओरिजिनल गायक-गायिका हुन् । यस विषयमा विवाद गर्नुपर्ने कुनै आधार र आवश्यकता आफुले नदेखेको उनले बताएका छन् ।

उनले यो गीत चोरी, चाकरी वा कभर गरेर कसैले पनि नगाउको बताएका हुन् । उनले जस लिन खोजिएको भन्ने विवादलाई ‘अप्राकृतिक कन्ट्रोभर्सी’ आकर्षित गर्ने प्रयास भएको बताएका छन् ।

पछिल्लो समय एलिना चौहानले गाएको उक्त गीतको फिमेल भर्सन व्यापक हिट भएपछि शिवले आफ्नो स्वरमा रहेको मेल भर्सन आफ्नै भएको भन्दै एक टीभीमा अन्तर्वार्ता दिएपछि विवाद सृजना गराइएको थियो । उक्त गीतका आधिकारिक स्रष्टा र संगीतकार सुवास कार्की रहेको समेत उनले उल्लेख गरेका छन् ।

धोकेबाज हौ तिमि प्रेस विग्यप्ति भन्दै उनले लेखेका छन्- धोकेबाज हौ तिमि गीतका बारेमा पछिल्लो समय मिडियामा आएका बनिबनाउँ प्रहार पूर्ण समाचारका सम्बन्धमा मेरो आधिकारिक बिचार- पहिला कस्ले गायेको ? पछि कस्ले गायेको ? भन्ने बनि बनाउँ कन्ट्रोभर्सि खबरबाट मेरा सबैजना प्रीय शुभचिन्तकहरु कृपया सावधान र सतर्क रहिदिन बिनम्र अनुरोध गर्दछु ।

‘धोकेबाज हौ तिमि’ गीत यस गीतका ‘आधिकारिक स्रष्टा/सङ्गीतकार सुबास कार्की कार्की जि’ ले आधिकारिक रुपमा मेल ,फिमेल र चाईल्ड तिन ओटा भर्सनमा यो गीत बजारमा अफिसियल रेकर्डिङ्ग र प्रकाशन गर्नु भएको छ । यसमा स्वर दिने कुनै पनि गायक गायिकाले यो गीत मेरो मात्र हो अरुको होईन भन्ने अभिव्यक्ति कतै लेखेको वा दिएको अवस्था पनि होईन छैन।

र चोरि चकारि वा कभर गरेर हामि कसैले गाएको पनि हैनौं । यस गीतलाई मेल ‘ फिमेल ‘चाईल्ड यि तिनै भर्सनमा आफ्नो स्वर दिएर गाउँने गायक गायिका नै यस गीतका आधिकारिक र ओर्जिनल गायक गायिका हुन । यो बिषयमा कुनै बिबाद गर्नु पर्ने आधार या आवश्यक्ता मैले देखेको छैन । आधिकारिक रुपमा स्पष्ट पार्दछु ।

यति सहज र सरल र बिषयमा कुरा बुझेर पनि, जानेर पनि बुझ पचाएर प्रहार गर्ने उद्देश्यले यो अप्राकृतिक कन्ट्रोभर्सि आकर्षित देखिन्छ । यो वास्तविकता देखि सतर्क र सावधान भईदिन, यस्ता हल्लाका पछि नदौडिन, र कुरा नबुझि गालि गलौजको भाषा प्रयोग गरेर कमेण्ट गर्न हतार नगरौं । मेरा समस्त प्रीय शुभचिन्तकहरुमा अनुरोध गर्दछु ।

Comments