- Get link
- X
- Other Apps
काठमाडौं । अञ्जली लोकदोहोरी क्षेत्रकी अहिलेकी सबैभन्दा व्यस्त मोडल हुन्। ‘खरबारी’मा बोलको गीतबाट मोडलिङ यात्रा शुरु गरेकी अञ्जलीको ‘बोलमाया’बोलको गीत सार्वजनिक भएसंगै चर्चा एकाएक चुलियो। त्यसयता सार्वजनिक ‘गलबन्दी’गीतले त उनको चर्चालाई थप शिखरमा पुर्याएको छ।
उनी धेरै जसो लोकदोहोरी गीतहरूमा आफ्नो प्रस्तुति दिएकी हुन्छिन् । अझै भन्ने हो भने त पछिल्लो समय देश विदेशको कार्यक्रममा निकै नै व्यस्त रहेकी छिन मोडल अञ्जली अधिकारी । अञ्जलीको नाम सुन्ने बित्तिकै गलबन्दी गीतलाई सम्झिन्छन् दर्शक श्रोताले । अन्य केही हिट म्युजिक भिडियोमा पनि उनले काम गरेकी छन् । यतिबेला उनलाई फिल्म खेल्नको लागि अफरहरु आइरहेका छन् । तर फिल्ममा साइन गरेकी छैनन् ।
हालैको एक कुराकानीमा उनले आफूलाई चार-पाँचवटा फिल्मबाट अफर आइरहेको र पात्रबारे कुनै प्रस्ताव पनि चित्त नबुझेको बताइन् । किन त ? अञ्जलीको तर्क छ, ‘मलाई बरु चप्पल पड्काएर हिंड्ने क्यारेक्टर होस् तर चुइँगम पड्काएर हिंड्ने क्यारेक्टर नहोस् भन्ने लाग्छ ।’ तर आफूलाई आएका प्रस्तावहरु चुइँगम पड्काउने टाइपका भएको उनको तर्क छ ।
‘मलाई न्याचुरल चीज मन पर्छ । फिल्ममा कहानी नै भएपनि, मलाई सुहाउने होस् । रमाइलो, डान्स, स्याड र कमेडी जस्तो भएपनि हुन्छ तर छोटो-छोटो कपडा लगाएर चुइँगम पड्काउने चाहिं नहोस् क्या ।’ अहिलेसम्म आफूले ६०० जति म्युजिक भिडियो गरेको उनले बताएकी छन् । अहिले लोक दोहोरी तथा आधुनिक गितको मोडलिङ्गमा व्यस्त रहेकी छिन ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment