- Get link
- X
- Other Apps
केदारप्रसाद घिमिरे ‘छक्कापञ्जा ४’का कार्यकारी निर्माता समेत हुन् । शुक्रबारदेखि प्रदर्शन हुन लागेको फिल्म ‘छक्कापञ्जा ४’ ले आफ्नो प्रचारप्रसारलाई तीव्रता दिएको छ। निर्माता र कलाकारले फिल्म प्रचारका लागि सामाजिक सञ्जाल र टेलिभिजनको मद्दत लिएका छन्।
फिल्म रिलिजअघि केदारप्रसाद घिमिरे ‘माग्ने बुढाको स्वरमा निर्माण टिमले कलाकारलाई कटाक्ष गर्दै प्रवर्द्धन गीत ल्याए। यसैबीच माग्लेबुढाले बलिउड अभिनेता सलमान खानको पोस्टमा कमेन्ट गरेका छन्।
खानले आगामी फिल्म किसी का भाइ किसी का जानको नयाँ गीत बिल्ली बिल्ली आँख गोरिए’ गीत रिलिजबारेको जानकारी दिन गरेको पोस्टमा माग्ने बुढाको ‘छक्कापञ्जा ४’बारेको कमेन्ट हिन्दीमा छ। सलमानको पोस्टरमा माग्ने बुढाको कमेन्ट छ, वेटिङ… हमारे नेपालमे भी मार्च ३ से सिनेमा ‘छक्कापञ्जा ४’ आ रहा है भाईजान।
माग्ने बुढाको यो कमेन्टमा प्रशस्तै प्रतिक्रिया प्राप्त भइरहेको छ । कतिपयले फिल्म प्रचारको आइडिया राम्रो भएको बताएका छन् भने कतिपयले सलमानलाई फिल्मको प्रिमियरमा निम्तो दिन आग्रह गरेका छन्।
फिल्ममा बेनिशा हमाल र केदार शीर्षमध्येको भूमिकामा छन् । हेमराज बीसी निर्देशित फिल्मले भर्चुअल माध्यमबाट मात्र फिल्मको प्रचारप्रसार गरिरहेको छ । सोही सन्दर्भमा मेरी बास्सैको प्लेटफर्मलाई निर्माताले प्रचारका लागि उपयोग गरेका हुन् ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment