- Get link
- X
- Other Apps
काठमाडौं – जापानमा नेपालीहरुको बसोबास बढेसँगै असामयिक निधनको घटना बढ्दो छ । यसैक्रममा जापानमा एक नेपालीको हृदयघातबाट निधन भएको छ । मृत्यु हुनेमा गलुङको गलकोट नगरपालिका वडा नम्बर ७ का ४३ वर्षीय पदमबहादुर चोखाल रहेका छन् । उनी जापानमा कुक पेशामा कार्यरत थिए ।
बेलुका खानपिन गरेर सुतेका पदमलाई बिहान अचेत अवस्थामा फेला पारिएको थियो । विगत १४ वर्षदेखि जापानमा कार्यरत चोखाल मंगलबार आफ्नो आफ्नो नियमित कामबाट घर फर्केर श्रीमतीसँगै खाना खाएर सुतेकामा बिहान अचेत अवस्थामा भेटिएपछि अस्पताल लगिएको थियो । अस्पतालले मृत्यु भइसकेको घोषणा गरेको थियो ।
चोखालको नेपालमा एक छोरीसमेत रहेकी छन् । उनि जापानको सिनगावा नजिकै श्रीमतीसँगै बस्दै आएका थिए । स्वर्गीय चोखालको मार्च ११ जापानमै अन्तिम संस्कार गरिने एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नविन निउरेले जानकारी दिए ।
यो पनि: अन्य समाचार- हृदयघात हुनुअघि शरीरले कस्तो संकेत गर्छ ? कस्ता व्यक्तिलाई हुन्छ बढी हृदयघातको जोखिम ? प्रायः दीर्घरोग भएका व्यक्तिमा अचानक हृदयघात हुने जोखिम बढी हुन्छ । जस्तै, मधुमेह, उच्च रक्तचाप, कोलेस्टेरोल जस्ता दीर्घरोग भएकाहरुले एस्प्रिन भन्ने औषधि बोकेर हिंड्नु उचित हुन्छ । हृदयघात लगत्तै यो औषधि खान पाएमा धेरै राहत मिल्छ ।
अत्यधिक धुम्रपान गर्ने व्यक्तिमा पनि यसको जोखिम उत्तिकै बढी हुन्छ । दीर्घरोग नभएका व्यक्ति जसको परिवारमा कसैलाई पहिला नै मुटुरोग छ भने पनि त्यो परिवारको सदस्यमा यसको जटिलता थपिन सक्छ ।
त्यस्तै, महिलाहरुमा रजोनिवृत्ति पछि मात्रै हृदयघातको जोखिम बढी देखिने सम्भावना हुन्छ । महिनावारी सुकिसकेपछि महिलामा पनि पुरुषमा जतिकै हृदयघातको जोखिम हुन्छ । महिनावारीको बेला हर्मोनकोे परिवर्तन भइरहने हुँदा कुनै रोग छैन भने महिलालाई हुँदैन । जब महिनावारी सुक्छ तब भने पुरुषको जस्तै जोखिम हुने गर्छ ।
हृदयघातअघि देखिने लक्षण- हृदयघातअघि हाम्रो शरीरले केही लक्षण देखाउँछ । खासगरी छातीको मध्यभागमा निकै दबाब महसुस हुन्छ । शरीरमा अचानक पसिना आउँछ । वाकवाकी लाग्छ । चक्कर लागेजस्तो हुन्छ । छाती दुख्छ । ग्यास्ट्रिक हुने, छातीमा भारीपन हुने, अहसज महसुस हुने गर्छ ।
दीर्घरोग नभएका कम उमेरकै व्यक्तिलाई हृदयघातको जोखिम कम हुन्छ । तर हृदयघात नै हुँदैन भनेर ठोकुवा गर्न सकिंदैन । यदि उनीहरु अत्यधिक धुमपान गर्छन्, परिवारमा कसैको हृदयघात भएको छ भने उनीहरु पनि जोखिम वर्गमै पर्छन् । यदि उनीहरुलाई हृदयघात हुँदैछ भने त्यसअघि शरीरमा केही संकेत देखिन्छ । जस्तो कि छाती फुल्ने, स्वाँस्वाँ हुने, चक्कर लाग्ने, असहज हुने ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment