- Get link
- X
- Other Apps
काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलले निर्माता छविराज ओझाविरुद्धको मुद्धा जितेकी छन् । शिल्पाले २०७६ सालमा ओझाविरुद्ध सम्बन्ध विच्छेद र माना चामलको मुद्दा हालेकी थिइन। उक्त मुद्धाको फैसला आज भएको हो ।
आइतबार काठमाडौं जिल्ला अदालतले छविले आफ्नो भागको सम्पत्ति शिल्पालाई आधा दिनुपर्ने फैसला सुनाएको छ । अदालतले वैवाहिक सम्बन्धमा रहँदासम्म छविलाई लागेको ऋणको आधा हिस्सा शिल्पाले बेहोर्नुपर्ने पनि फैसला गरेको छ । यसका साथै अदालतले दुवैको डिभोर्स मुद्धा पनि टुंग्याएको छ ।
यो सँगै दुबै जना कानुनी रुपमा समेत आज बाट अलग भएका छन् । शिल्पाले सामाजिक संजालमा एक स्टाटस लेख्दै छवि ओझाविरुद्धको मुद्धामा आफ्नो जीत भएको र अदालतबाट न्याय पाएको महसूस भएको उल्लेख गरेकी छन् ।
त्यस्तै, छविकी जेठी श्रीमती हेमा ओझाले छवि र शिल्पाविरुद्ध हालेको बहुविवाहको मुद्दा पनि काठमाडौं जिल्ला अदालतले खारेज गरेको छ । हेमासँग पहिल्यै सम्बन्धविच्छेद र सम्पत्ति बाँडफाँड भैसकेको भन्दै अदालतले शिल्पा र छविको विवाहलाई बहुविवाह ठहर गरेन ।
उनले लेखेकी छिन्- “हिजो सम्मानित काठमाडौं जिल्ला अदालतबाट छवि ओझा बिरुद्धको मेरो मुद्धामा मलाइ जिताउने सम्पुर्ण निर्णयले मैले सम्मानित अदालतबाट न्याय पायेको महसुस गरेको छु। यस कठिन समयमा मलाइ बलियो साथ दिने सबै परिवारजन, आमा, बुवा, दाई, भाउजू,साथिहरु, संघ संस्था तथा बिशेष सहयोगको लागी वरिष्ठ अधिवक्ता रमेश गुरागाइज्यु र अधिवक्ता मनोज यादवज्युलाइ कृतज्ञता तथा हार्दिक धन्यवाद ब्यक्त गर्न चाहन्छु ।”
- Get link
- X
- Other Apps

Comments
Post a Comment