व्यक्तिगत जिवनमा तलमाथि भएपनि बर्षालाई अर्को सफलता (भिडियो सहित)

 


काठमाडौं – नायिका वर्षा सिवाकोटीका ‘पशुपति प्रसाद २ भष्मे डन’मा प्रवेश भएकी छिन् । फिल्म ‘पशुपति प्रसाद’मा छोटो भूमिकामा काम गरेर पनि राम्रै चर्चा पाएकी उनी पशुपति प्रसाद २ भष्मे डनमा काम गर्न नपाउँदा खिन्नता प्रकट गरेकी थिइन् ।

तर अहिले भने फिल्ममा पनि उनको प्रबेश भएको छ । ७ बर्ष अगाडि निर्माण भएर सुपरहिट भएको यो फिल्मको सिक्वेललाई निर्देशक दीपेन्द्र के खनालले भष्मे डन नामक पात्रलाई केन्द्रमा राखेर अगाडि बढाउने तयारी गरेका छन् । शुक्रबार बिहान आयोजित मुहुर्त समारोहमा भने वर्षा पुगेपछि उनले काम गर्ने फाइनल भएको हो ।

वर्षाले आफ्नो भूमिकाको बिषयमा भने केही पनि बोलिनन् । तर, हरेक दर्शकको मनमा फिल्म बसेको बताइन् । फिल्मका नायक विपिन कार्कीले भने वर्षा खगेन्द्र लामिछानेको जोडीको रुपमा देखिने खुलासा गरे । वर्षा विगत केही दिनदेखि डिभोर्सको खबरले चर्चामा छन् । उनले, आशिष गेलालसँग बिहे गरेको ९ महिनामै डिभोर्स गरेकी थिइन् । वर्षाले फिल्म ‘कामिनो’ पनि साइन गरिसकेकी छिन् ।

सिनेमामा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर थिए । अब सिनेमामा ‘पशुपति प्रसाद’मा अभिनेत्री वर्षा सिवाकोटीको पनि प्रवेश भएको छ । तर, निर्देशक दीपेन्द्र के खनालले सिनेमामा वर्षा ‘सरप्राइज’ रहेको बताए । शुभमुहूर्त समारोहमा अभिनेत्री वर्षा सिवाकोटी पनि उपस्थित भएकी थिइन् ।

आगामी चैत १० गतेबाट छायांकन सुरु हुन लागेको सिनेमालाई खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमाको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहने सिनेमा टुकी आर्टस्को ब्यानरमा निर्माण हुनेछ ।

आगामी बडा दशैंको फूलपातीबाट सिनेमा प्रदर्शनमा आउने घोषणा गरिएको छ । व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल सिनेमा ‘पशुपति प्रसाद’को चरित्र केन्द्रित सिक्वेलको रुपमा विपिन कार्कीले निर्वाह गरेको ‘भष्मे डन’मा केन्द्रित रहेर सिनेमा बन्नेछ । लेखक लामिछानेले नाम मात्रको सिक्वेल मात्र नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बन्ने बताउँछन् । ७ वर्षको अवधिमा भष्मे डनको जीवनमा आएका विभिन्न उतारचढावलाई सिनेमामा प्रस्तुत गरिने बताइएको छ । भिडियो हेर्न यहाँ जानुहोस ।

Comments