- Get link
- X
- Other Apps
काठमाडौं । नायक प्रदिप खड्काले नारीका लागि सम्मान र माया एक दिन मात्र नभएर हरेक समय र पलमा गर्नुपर्ने बताएका छन् । नारी दिवसको अवसरमा माइती नेपालले आश्रित किशोरीका लागि आयोजना गरेको फुटसल प्रतियोगितामा अतिथि बनेका खड्काले नारीलाई हरेक पल सम्मान भएमा मात्रै समाज सभ्य बन्ने बताए ।
माइती नेपालमा पुगेर त्यहाँका किशोरीलाई हौसला बढाएको फुटसल प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभाकी सांसद आरजु राणाले गरेकी थिइन् । सो अवसरमा बोल्दै सांसद राणाले देखावटी सम्मानको प्रवृत्ति बढेको भन्दै उनले प्रेम, करुणा, सम्मान र हेर्ने दृष्टिकोण राम्रो नभएसम्म समाज बलियो र सभ्य नबन्ने धारणा व्यक्त गरिन् ।
आगामी वैशाखदेखि छायांकन तयारीमा रहेको फिल्म ‘क्यामिनो’को कार्यशालाका लागि खड्का यतिबेला काठमाडौंमा छन् । यो फिल्ममा प्रदीपसँगै वर्षा शिवाकोटी र राजबल्लभ कोइराला अनुबन्धित भैसकेका छन् । साथै प्रदिप खड्काले भारतको मुम्बई स्थित नासिक ताम्रकेश्वर मन्दिरमा उनले ग्रहशान्तिको पूजाआजा गरेका थिए । यसबाहेक केही फिल्म प्रोजेक्टमा पनि उनको तयारी भइरहेको छ ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment