निर्माता छविराज ओझाको फिल्ममा देखिँदै रेखा थापा, अन्य यी चर्चित कलाकार पनि एकसाथ देखिने


 काठमाडौँ । निर्माता छविराज ओझाले लामो समयको अन्तरालपछि फिल्म निर्माण गर्ने भएका छन् । निर्माता ओझाले नायिकाद्धय रेखा थापा र पूजा शर्मालाई लिएर फिल्म बनाउन लागेका हुन् ।

रेखा र पूजाले मिलेर फिल्म बनाउने र एकसाथ खेल्ने कुरा यसअघि नै एकपटक भएको थियो तर अहिले आएर यी दुवै अभिनेत्रीले छविको फिल्ममा एकसाथ काम गर्ने भएका छन् ।

नायिका रेखा थापाले सोमबार आयोजित होली कार्यक्रममा मिडियासँग कुराकानी गर्दै छविले केही दिनमा नै पूजासँग कागजी संझौता गर्ने खुलासा गरेपछि छविको फिल्ममा पूजा र रेखाको इन्ट्री भएको कुरा बाहिर आएको हो ।

ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने यो फिल्मका लागि अर्की एक जना नायिकाको भने खोजी भइरहेको छ । फिल्मको हाल कथा लेखनको काम चलिरहेको छ ।

Comments