- Get link
- X
- Other Apps
टिकटक एक सोसल मिडिया एप्लिकेसन हो । इन्टरनेट प्रयोग गर्ने हरेक उमेरका मानिसहरु अहिले एउटा चिनियाँ एपमा झुम्मिएका छन् । टिकटकसामु भौगोलिक सीमाको बन्देज छैन । भाषाको अवरोध बाबजुद पनि नेपाली गीतलाई विदेशीले टिकटक बनाउँदै संसारभर फैलाएका छन् ।
यसै महिना गायिका एलिना चौहानको कन्सर्टमा गाइएको गीत ‘मिनरल वाटरको दृश्य टिकटकमा भाइरल बनेको थियो । एसिया, युरोप, अफ्रिका र ल्याटिन अमेरिकी मुलुकका टिकटक प्रयोगकर्ताले उक्त गीतमा भिडियो बनाउँदै सेयर गरिरहेका छन् । यतिबेला हामी दक्षिण कोरियाली टिकटक स्टार केजिमिनको कुरा गर्दैछौं, जो पछिल्लो समयमा नेपालमा समेत हिट छिन् ।
झण्डै दुई दर्जन नेपाली हिट गीतमा उनले टिकटक बनाएकी छन् । विश्वचर्चित कोरियाली ब्याण्ड बीटीएसको गीतदेखि नेपालीसम्म जसरी उनले भिडियो बनाएकी छन्, यसले पक्कै नेपाली संगीतलाई फाइदा पुगेको छ ।उक्त भिडियोहरु हेर्न यहाँ जानुहोस।
- Get link
- X
- Other Apps

Comments
Post a Comment