नायिका रेखा थापा र पूजा शर्मालाई लिएर निर्माता छविराज ओझाले फिल्म बनाउदै

 


काठमाडौं – निर्माता छविराज ओझाले नायिकाद्धय रेखा थापा र पूजा शर्मालाई लिएर फिल्म बनाउने भउका छन् । ओझाको लगानीमा बन्न लागेको अनटाइटल प्रोजेक्टमा रेखा र पूजाले सहकार्य गर्न लागेका हुन् ।

उसो त, यसअघि पनि रेखा र पूजाले मिलेर फिल्म बनाउने र एकसाथ खेल्ने चर्चा समेत चले पनि अब यो प्रोजेक्टमा छविराज ओझाको प्रवेश भएको हो । छविले केही दिनमा नै पूजासँग कागजी संझौता गर्ने खुलासा नायिका रेखा थापाले सोमबार आयोजित होली कार्यक्रममा गरेकी छिन् ।

सोमबार रेखासँग एकसाथ होली खेल्ने क्रममा पूजाले पनि यो फिल्ममा काम गर्न आफू उत्साहित रहेको बताइन् । अहिले यही फिल्मको काममा आफू केन्द्रित रहेको बताउँदै उनले भनेकी छन्, ‘अहिले कुनै पनि फिल्म नगर्ने, सिर्फ यसमा ‘फोकस’ छु ।

मलाई सुदर्शन थापाले पनि त्यति ‘स्ट्रिक’ गर्नुभएको छैन होला, जति रेखा दिदीले गर्नुभएको छ । उहाँको सल्लाहअनुसार अगाडि बढिरहेको छु ।’ फिल्मलाई निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने छन् । तिन जना नायिका केन्द्रित फिल्मलाई ज्ञानेन्द्रले दर्शकलाई मन पर्ने तरिकाले बनाउने तयारी गरे पनि अर्कि नायिका भने फाइनल हुन बााकी छ ।

ज्ञानेन्द्रले नै छविराजको ‘जेल ब्रेकर’लाई समेत निर्देशन गर्ने तयारी छ । ठूलो स्टारकास्ट लिएर फिल्म बनाउन चुनौतीपूर्ण हुने भए पनि आफू त्यसका लागि तयार रहेको देउजा बताउँछन् ।

Comments