- Get link
- X
- Other Apps
चितुवा बोकेर हिँडेको एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भनिरहेको छ । उक्त तस्बिर पर्वतमा लिइएको बताइन्छ । त्यसको केहीक्षणमा नै मान्छेले चितुवालाई बोकेर गाउँ डुलाएको भिडियो र तस्बिर सामाजिक सञ्जालमा भाइरल हुँदै गएको छ । पर्वतवासीको साहस र बहादुरीलाई कथा बनाएर तस्बिर एकपछि अर्को गर्दै फेसबुकमा राख्ने सिलसिला रोकिएको छैन ।
के साँच्चिकै गाउँलेले जिउँदो चितुवा समाएका हुन् त ?’ सामाजिक सञ्जालमा जिउँदो चितुवा भन्दै बोकेर खिचाएका भाइरल तस्बिर प्रहरीले झुटो भएको बताएको छ । बिहान १० बजेतिर फलेवास नगरपालिका–२ थापाठानाको गहतेमा गाउँलेले चितुवा देखेर प्रहरीलाई खबर गरेपछि प्रहरी त्यहाँ पुगेको थियो ।
मानिसले बोक्दा पनि केही नगर्ने चितुवा भनेर धेरैले उक्त तस्बिरलाई अनौठो मानेका छन् । तर वास्तविकता भने बेग्लै पाइएको छ । चितुवा बोकिरहेका व्यक्ति सर्वसाधारण नभएर वनका कर्मचारी हुन् । मरेको चितुवालाई वनका कर्मचारीले बोकेको अवस्थामा लिइएको फोटो भाइरल बनेको हो । ‘फोटोमा देखिएको चितुवा मरेको हो ।
वन कार्यालयका अनुसार चितुवा बुढो र बिरामी थियो । बिरामी भएकै कारण उक्त चितुवा मरेको हुन सक्ने वनका अधिकारीहरुको भनाइ छ । “हामी १० बजे आसपासमा चितुवा भएको ठाउँमा पुगेका थियौँ । बेहोस अवस्थामा रहेको चितुवा एकैछिन पछि जुरुक्क उठे पनि धानिन नसक्ने भएकाले यताउति गर्दै बारीको कान्लामुनि खस्यो”।,
कार्कीनेटा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विष्णु अधिकारीले भन्नुभयो, “त्यसको १० मिनेटपछि चितुवा म¥यो । त्यहाँ वरिपरि रहेका युवामा मरेको चितुवा उचाल्दै फोटो खिच्न तँछाडमछाड नै भयो । चितुवाको मुचुल्का उठाउँदा त्यस्तो बाहिरी घाउ चोट केही देखिएको छैन ।” डिभिजन वन कार्यालय पर्वतको टोलीले घटनास्थल पुगेर मृत्यु भएको चितुवालाई कार्यालयमा ल्याइपु¥याएको छ ।
कार्यालयले चितुवा बूढो भएर सिकार गर्न नसक्ने भएपछि मरेको हुन सक्ने बताएको छ । “चितुवा २० केजी जतिको छ”, निमित्त वन अधिकृत विष्णुप्रसाद अधिकारीले भन्नुभयो, “बुढ्यौलीले सिकार गर्न सक्ने तागत नहुनु र वन जङ्गलमा चितुवाका लागि आहार नभेटिँदा कमजोर भएर मरेको हो भन्ने देखिन्छ ।” उक्त चितुवाको मुचुल्का गरेर आजै गाड्ने काम भएको छ ।’
- Get link
- X
- Other Apps

Comments
Post a Comment