- Get link
- X
- Other Apps
नायिकाद्धय पूजा शर्मा र आँचल शर्माले एकसाथ फिल्ममा काम गर्ने भएका छन् । नेपाली फिल्मका तीन लिडिङ अभिनेत्रीहरु रेखा थापा, पूजा शर्मा र आँचल शर्माबीच पहिलो पटक फिल्ममा सहकार्य हुने भएको छ । निर्माता छविराज ओझाको निर्माणमा बन्न लागेको फिल्ममा आँचलको पनि प्रवेश भएको छ ।
फिल्ममा रेखा र पूजाले काम गर्ने पक्का भएको खबर सार्वजनिक गरेको थियो । अब, फिल्ममा रेखा र पूजापछि आँचलको पनि प्रवेश भएको निर्देशक देउजाले पुष्टी गरे । योसँगै नेपाली फिल्म क्षेत्रमा केही समयदेखि पूजा र आँचलबिच चलिरहेको शितयुद्ध पनि सकिने पक्का छ ।
फिल्म क्षेत्रमा पूजा र आँचललाई एक अर्काको दुश्मन नायिका मानिन्छ । तर, एकसाथ फिल्ममा जोडिन दुबै जना सहमत भएपछि यी दुइको दुश्मनीले पनि बिट मार्ने पक्का भएको छ । यो फिल्म क्षेत्रकै लागि सुखद कुरा पनि हो । फिल्मको छायांकन चैत्रको तेश्रो साताबाट सुरु हुनेछ । तिन चर्चित नायिका एउटै पर्दामा देखिदा दर्शकका लागि पनि यो फिल्म विशेष हुने पक्का छ ।
सोमबार रेखासँग एकसाथ होली खेल्ने क्रममा पूजाले यो फिल्ममा काम गर्न आफू उत्साहित रहेको बताइन् । अहिले यही फिल्मको काममा आफू केन्द्रित रहेको बताउँदै उनले भनेकी छन्, ‘अहिले कुनै पनि फिल्म नगर्ने, सिर्फ यसमा ‘फोकस’ छु ।
मलाई सुदर्शन थापाले पनि त्यति ‘स्ट्रिक’ गर्नुभएको छैन होला, जति रेखा दिदीले गर्नुभएको छ । उहाँको सल्लाहअनुसार अगाडि बढिरहेको छु ।’ ज्ञानेन्द्रले यसअघि रेखालाई ‘देवर बाबु’, ‘हिफाजत’ फिल्ममा निर्देशन गरिसकेका छन् भने आँचलसँग यसै वर्षको सुपरहिट फिल्म ‘झिँगेदाउ’मा सहकार्य भएको थियो । पूजासँग भने देउजाले पहिलो पटक काम गर्न लागेका हुन् ।
स्क्रिप्टको ‘फस्ट ड्राफ’मा काम भैरहेको जानकारी दिँदै उनले फिल्म महिलाप्रधान विषयवस्तुमा बन्न लागेको बताए । फिल्म पूर्ण कमर्शियल हुने उनको भनाई छ । पूजा र आँचललाई रेखा र ज्ञानेन्द्रले दुवैलाई एकसाथ पर्दामा उतार्ने प्रयास गरेका छन् । रेखासहित पूजा र आँचललाई एकसाथ पर्दामा हेर्न दर्शकलाई पनि रोचक हुनेछ ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment