- Get link
- X
- Other Apps
काठमाडौं – वरिष्ठ लोकदोहोरी गायक राजेन्द्र लम्साल क्षेत्रीको निधन भएको छ। लम्सालको गएराति निधन भएको गायक रमेश विजीले बताए ।
लामो समय देखी स्पेनमा बस्दै आएका राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापकसमेत रहेका वरिष्ठ लोकदोहोरी गायक क्षेत्रीका धेरै गीतहरु चर्चित छन् ।
लम्सालका ‘ज्याग्दी खोला किनारै बसेर’,’जापान टोकियो’,’वालिङ फिर्फिरे’ जस्ता धेरै गीतहरू चर्चित छन्। उनी ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका’ युरोप शाखाका संस्थापक संरक्षक पनि हुन्।
उनलाइ मौलिक गीतका धरोहर समेत मानिन्छ । लम्सालको निधन पछि लोक दोहोरी क्षेत्रका कलाकारहरुले दुख व्यक्त गरेका छन् । उनि हाँस्य कलाकार सागर लम्साल क्षेत्री (बले) का पिता समेत हुन् ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment