- Get link
- X
- Other Apps
काठमाडौं – ‘धोकेबाज हौ तिमी’ की गायिका एलिना चौहान प्रेममा रहेको बताइउको छ । बिगत ५ महिना देखी उनी बाग्लुगंका विष्णु सापकोटा भन्ने व्यक्तिसँग प्रेममा रहेको बताइएको छ ।
लोकदोहोरी प्रतिष्ठानको अष्ट्रेलिया शाखाका अध्यक्षसमेत रहेका विष्णु । अष्ट्रेलियामा बसोबास गर्दै आएका छन् । एलिना गत भदौमा तिजको कार्यक्रमका लागि अष्ट्रेलिया गएकी थिइन् । त्यहीवेला उनीहरुको भेट भएको र प्रेममा परेको स्रोत बताउछ । एलिना अष्ट्रेलियाबाट फर्किँदा विष्णु पनि उनीसँगै आएका थिए ।
उनीहरुले नेपालमा एउटा युगल गीत पनि गाए । एलिना चौहान केही दिनदेखि अष्ट्रेलियामा छिन् । अष्ट्रेलियामा विष्णु र एलिनाको प्रेम राम्रैसँग झाँगिएको छ । एलिनालाई विष्णुले नै सबै सहयोग गरिरहेका छन् ।एलिनाले विष्णुसँगको एउटा टिकटक भिडियोमा ३बदिष्कबछछ ह्यासट्याग लेखेकी छन् ।
दुईजनाको नाम जोडेर उनले यो ह्यासट्याग बनाएको अड्कल गर्न सकिन्छ । भिडियोमा थुप्रैले उनीहरुलाई ‘कपल’ भन्दै बधाईसमेत दिएका छन् । तर, एलिनाले कसैलाई रिप्लाइ गरेकी छैनन् । झापा घर भएकी एलिना अहिले पुरानो बानेश्वरमा फ्ल्याट लिएर बसिरहेकी छन् । चर्चित डान्सरद्वय स्मारिका र समारिका उनीसँगै बस्छन् ।
झापाकी एलिना छोटो समयमै लोकप्रिय हुने गायिकामा पर्छिन्। सुरुवाती दिनमा कभर गीत गाउँदै सांगीतिक यात्रा थालनी गरेकी एलिनालाई पछिल्लो समय गीत गाउन रेकर्डिङ स्टुडियोमा भ्याइनभ्याई हुन्छ। रेकर्डिङका अलावा स्टेज कार्यक्रममा पनि एलिनाको व्यस्तता उस्तै छ।
एलिनाले देश विदेशका स्टेज कार्यक्रममा निरन्तर प्रस्तुति दिइरहेकी छिन्। सोही अनुरुप स्टेज कार्यक्रमकै सिलसिलामा हाल एलिना अष्ट्रेलियामा छिन्। केही कार्यक्रममा प्रस्तुति दिइसकेकी एलिनाले अझै अष्ट्रेलियाका विभिन्न शहरहरुमा आयोजित कार्यक्रममा प्रस्तुति दिनेछिन्।
- Get link
- X
- Other Apps

Comments
Post a Comment