फुटबल स्टार मेस्सीलाई आक्रमणको धम्की

 


लियोनल मेस्सीलाई आफ्नो गृहनगर रोजारियोको एक सुपरमार्केटमा बिहीबार आक्रमण गर्ने मानिसबाट धम्कीपूर्ण नोट प्राप्त भएको छ। एक समूहले उनको ससुरालीको स्वामित्वमा रहेको सुपरमार्केटमा गोली प्रहार गरेका छन्। बिहीबार बिहान पसलको शटर र अगाडिको ढोकामा गो-ली चलेको खबर आएपछि प्रहरीलाई घटनास्थलमा बोलाइएको थियो।

मोटरसाइकलमा सवार दुई व्यक्ति पीएसजी फरवार्डका लागि अशुभ सन्देश छोडेर घटनास्थलबाट भागेको बताइएको छ। “मेस्सी, हामी तपाईंका लागि पर्खिरहेका छौं,” नोटमा लेखिएको थियो, “जाभ्किन एक खराब काम गर्ने व्यापारी हुन्। उनले तपाईंको बचाउ गर्न सक्दैनन्।”

बिहीबारको घटनामा कसैलाई क्षति पुगेको छैन तर पसलमा ठूलो क्षति भएको अनुमान गरिएको छ। मेस्सीलाई धेरै अर्जेन्टिनीले महान् फुटबल खेलाडीका रूपमा सम्मान गर्छन्। मेस्सी हाल पेरिस सेन्ट–जर्मेनबाट खेलिरहेका छन्। धेरै समय उनी विदेशमा नै बिताउँछन्। यद्यपि, उनी रोजारियो पनि जाने गर्छन्। फ्युनेसको उपनगरमा उनो घर छ।

रोजारियोका अभियोजक फेडेरिको रेबोलाले सुरक्षा क्यामेरा फुटेजको समीक्षा सुरक्षा अधिकारीहरूले गरिरहेका तथा प्रारम्भिक अनुसन्धान प्रारम्भ भएको बताएका छन्। मेस्सीका ससुरालीले पनि यस प्रकारको धम्की पहिलोपटक आएको बताएका छन्।

Comments