सुटिङका क्रममा अमिताभ बच्चन घा’ईते, हिँड्डुल गर्न र श्वास फेर्न समस्या….

 

मुम्बई, २२ फागुन । फिल्मी सुटिङका क्रममा बलिउड अभिनेता अमिताभ बच्चन घाइते भएका छन् । हैदरावादमा भएको सुटिङको क्रममा आफू घाइते भएको उनले आफ्नो ब्लगमार्फत जानकारी दिएका छन् ।एक्सन सिनको सुटिङका क्रममा करङमा चोट लागेपछि उनको हैदरावादमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

स्वास्थ्य परीक्षणपछि उनलाई डिस्चार्ज गरिएको र हाल मुम्बईस्थित आफ्नो घरमा आराम गरिरहेका छन् । उनी प्रभासको फिल्म ‘प्रोजेक्ट ए’ को सुटिङमा थिए ।आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै अभिताभले मांसपेशी फुटेको, हिँड्डुल गर्न र श्वास फेर्न पनि समस्या भइरहेको बताएका छन् ।

सुटिङ रद्द गरिएको जानकारी दिएका उनले औषधि सेवन गरिरहेको र निको हुन केही समय लाग्ने बताएका छन् ।अमिताभ बच्चनले लेखेका छन्, ‘रिब केजमा मांसपेशी फुटेको छ । सुटिङ रद्द गरिएको छ । पट्टी बाँधिएको छ र उपचार चलिरहेको छ । असाध्यै दुखिरहेको छ । हिँड्न–डुल्न समस्या भइरहेको छ । सास फेर्न पनि समस्या भइरहेको छ । यो पीडाका लागि मलाई केही औषधी दिइएको छ । निको हुन अझै केही समय लाग्नेछ ।

Comments