- Get link
- X
- Other Apps
सोलुखुम्बुको खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको सोमबार राति लेक लागेर मृत्यु भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्सेपमा स्लोभाकियाका ६८ वर्षीय पोहिङ स्का विस्ट्रिका जान्कोको अक्सिजन
अभावका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी रामकिशोर साहले जानकारी दिनुभयो । खुम्बु क्षेत्रमा लगातार हिमपात भइरहेकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ । हिमपातका कारण सो क्षेत्रको सञ्चार सेवासमेत प्रभावित भएको बताइएको छ ।
अन्य समाचार- पास्नी भोज खाएर फर्किँदै गर्दा ट्याक्टर दुर्घटना, २ जनाको मृ त्यु, कैलाली जिल्लामा ट्याक्टरमा दुर्घटना हुँदा २ जनाको मृ त्यु भएको छ, भने २८ जना घाइते भएका छन् । सोमबार राति जिल्लाको जोशीपुर गाउँपालिका–७ हजारीबारा भन्ने स्थानमा ट्याक्टर दुर्घटना भएको हो ।
जिल्लाको बर्दगोरिया गाउँपालिका ६ सुगरखालका आफन्तको घरबाट पास्नी भोज खाएर भजनी नगरपालिका ९ कुणीतर्फ फर्किने क्रममा उनीहरू दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कूलदीप चन्दका अनुसार अनियन्त्रित भएर ट्याक्टर पल्टिदा ट्याक्टरमा सवार २ जनाको मृत्यु भएको र २८ जना घाइते भएका हुन् । मृ त्यु हुनेमा भजनी ९ की चाहाना चौधरी र दिलरानी चौधरी रहेका छन् । उनीहरूको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
सुरज चौधरीले चलाएको से १ त ८८७० नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको छ भने ट्याक्टर चालकको खोजतलास गरिरहेको छ ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment