- Get link
- X
- Other Apps
काठमाडौं – नायक प्रदीप खड्काको यतिबेला एउटा भिडियो क्लिप्स निकै भाइरल छ। भिडियोमा प्रदीपले गीत गाइरहेका छन्। ‘काफल खान्या क्युईया’ बोलको गीत प्रदीपले गाइरहेको देख्न सकिन्छ उक्त भिडियोमा।
गाउँले भेषमा देखिएका छन् प्रदीप। अहिले उक्त भेषमा गीत गाइरहेका प्रदीप सामाजिक संजाल टिकटक लगायत फेसबुकमा भाइरल छन् । धेरैले डुप्लिकेट प्रदीप भनेर कमेन्ट गरेका छन् । कतिपयले त भिडियोमा देखिएका ती प्रदीप नभएर अरु कसैले नक्कल गरेको पनि भनेका छन्। तर भिडियोमा देखिएका ति युवक प्रदीप खड्का नै हुन्
चलचित्र ‘प्रकाश’को सुटिङका क्रममा प्रदीप जुम्ला पुगेका थिए। सुटिङकै क्रममा प्रदीपले रमाइलोका लागि ‘काफल खान्या क्युईया’ बोलको गीत गाएका थिए। सोही क्रममा प्रोडक्सन टिम मध्येका एक सदस्यले उक्त भिडियो ‘पर्दा पछाडीको दृश्य’को रुपमा खिचेर युट्युबमा अपलोड गरेका थिए।
त्यसी क्लिप्स अहिले सामाजिक संजाल टिकटक लगायत फेसवुकमा भाइरल भएको हो। सुरुमा टिकटकबाट भाइरल भएको उक्त भिडियो क्लिप्स विस्तारै फेसबुकमा समेत भाइरल बनेको हो। अत्याधिक रुचाइएको चलचित्र ‘प्रकाश’मा प्रदीपले निभाएको क्यारेक्टर नै भाइरल भएको क्लिप्समा देख्न सकिन्छ।
यस्तै, अभिनेता प्रदीप खड्काले पहिलो पटक उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् । चैत २ देखि ६ गतेसम्म आयोजना भएको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को छैटौं संस्करणमा उनी फिल्म ‘प्रकाश’बाट उत्कृष्ट अभिनेता घोषित भएका हुन् । उनीसँगै यही फिल्मबाट दीया मास्के उत्कृष्ट अभिनेत्री घोषित भएकी छन् । यो फिल्ममा उनीहरुले आमा-छोराको भूमिका निभाएका थिए ।
प्रदीपले पहिलो पटक उत्कृष्ट अभिनेताको अवार्ड जित्न पाउँदा खुशी लागेको बताए । उनले भने, ‘अवार्ड पाउँदा आफैंलाई अचम्म लागिरहेको छ । मैले फिल्म गर्न थालेको ७/८ वर्ष भयो । अहिलेसम्म उत्कृष्ट अभिनेताको अवार्ड पाएको थिइनँ । ‘स्टार’ भनेर केही अवार्ड पाएको थिएँ । हुन त मैले ‘प्रकाश’ गर्नुको कारण कलाकारको रुपमा प्रशंसा होस् भन्ने नै थियो । अवार्ड पाउँदा हर्षित छु ।’
त्यस्तै, ‘ऐना झ्यालको पुतली’ले उत्कृष्ट फिचर फिल्मको अवार्ड जितेको छ । यही फिल्मबाट सुजित विडारी उत्कृष्ट निर्देशक घोषित भए भने पटकथा लेखकको अवार्ड पनि उनकै पोल्टामा पर्यो । जुरी अवार्ड पनि यही फिल्मबाट दिनेश खत्रीले प्राप्त गरेका छन् । ५ दिनसम्म चलेको महोत्सवको समापन समारोहमा नम्रता श्रेष्ठ, प्रियंका कार्कीलगायतका कलाकारहरुको उपस्थिति रहेको थियो ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment