- Get link
- X
- Other Apps
गुल्मी- हृदयाघातका कारण अमेरिकामा एक नेपाली युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका– ४ बलेटक्सार स्थायी घर भएका विशाल ज्ञवाली रहेका छन् । अप्रिल १६ तारिखका दिन अमेरिकामा उनको मृत्यु भएको हो ।
ज्ञवालीको निधनमा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलगायतले श्रद्धाञ्जली व्यक्त गरेका छन् । ज्ञवालीका पत्नी र एक छोरी अमेरिकामै छन् । ज्ञवालीकी पत्नी समिता शर्माले छोरीको भविष्यका लागि भन्दै आर्थिक सहयोगको अपिल गरेकी छिन् ।
यो पनि: आगो निभाउने क्रममा एक वृद्ध घाइते, पाँच गोठ जले, तम्घास – गुल्मीको छत्रकोट गाउँपालिकामा आगो निभाउने क्रममा एक वृद्ध घाइते भएका छन् । छत्रकोट–२ का ७१ वर्षीय सूर्यबहादुर रजाली आज आगो निभाउने क्रममा आगलागीमा परी घाइते भएका सशस्त्र प्रहरी बल नेपाल गुल्मीका सशस्त्र प्रहरी नायब उपरीक्षक नीवनकुमार खड्काले जानकारी दिए । आगलागीबाट घाइते भएका रजालीको स्थानीय श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
छत्रकोटको ग्वाघा रानीवनदेखि लागेको आगोले छत्रकोट गाउँपालिका–२ डाङ्ग्रे बस्ने खीमा रजालीको दुई तले कच्ची गोठसमेत जलेर पूर्णरूपमा नष्ट भएको छ भने सोही ठाउँका दुर्गाबहादुर रजालीकोे गोठमा पनि आगलागी भएको छ । गोठमा आगलागी हुँदा एउटा बाख्रा जलेर मरेको छ ।
आगलागीबाट छत्रकोटकै स्थानीयवासी रुपा बलाल र कुलबहादुर रजालीको कच्ची गोठ जलेको सशस्त्र बलका प्रहरी नायब उपरीक्षक खड्काले बताए । आगलागी भएको जानकारी पाउनासाथ नेपाल प्रहरी र सशस्त्रको टोली तत्काल घटनास्थल पुगी स्थानीयवासीको सहयोगमा आगो नियन्त्रण गर्ने प्रयास भइरहेको छ । जिल्लाका अधिकांश वन क्षेत्रमा दिनहुँ आगलागीका घटना बढ्दै जान थालेका छन् ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment