- Get link
- X
- Other Apps
काठमाडौं । मेघा स्टार भनिएका अनमोल केसी आफ्नो नवौँ प्रोजेक्ट ‘छड्के २’ मा यती नमज्जाले पछारिए की उनले निर्माता निर्देशक र दर्शकसमेतसम्म माफी माग्नु पर्यो । उनले ‘छड्के २’ गरे लगत्तै फ्लोरमा जाने भनिएका प्रोजेक्टहरु ‘छड्के २’ फ्ल्प भएसँगै पेन्डिगंमा पुगेका छन् ।
नायिका पूजा शर्माबाट १० लाख रुपैयाँ साइनिङ अमाउन्ट बुझेका अनमोललाई अहिले अघि बढाउने की नबढाउने भन्ने अन्योलमा नायिका पूजा शर्मा छिन् यतिबेला । पूजाले अनमोललाई साइन गराउनुअघि ‘यो मेरो ड्रिम प्रोजेक्ट हो, यसलाई म हरसम्भव मेहनत गरेर ग्रान्ड बनाउँछु भनेपनि अहिले अनमोलकोपछिल्लो फिल्म फ्ल्प भएसँगै उनी पनि तर्सीएकी छिन् । ‘छड्के २’ पूर्णतः बक्स अफिसमा असफल भएको डेढ महिना पुग्न लाग्दा पनि यो प्रोजेक्ट छायांकन हुने सुरसार छैन ।
यो फिल्ममा अनमोल स्वयं हुन्छन् या हुँदैनन् भन्ने कुराको अन्योल सुरु भएको छ । आफूले गम्भीर ढंगले फिल्म करिअरलाई अघि बढाउन खोजेको बताउँदै पूजाले भनिन् अनमोलले भने अनुसार समय दिन सक्नु भएको छैन । उहाँले नभ्याउने हो भने मैले विकल्प खोज्नुपर्ने हुन्छ ।
मेरो फिल्मका लागि चाहिने क्यारेक्टरलाई बडी चेन्ज गर्नुपर्ने हुन्छ । जसका लागि ३ महिना हाराहारीको समय लाग्ने पूजाको दाबी छ । ‘छड्के २’ फ्लप भएपछि आफ्नो दशौँ प्रोजेक्टमा उनी गम्भिर बन्ने बाध्यताका बिचमा अनमोलले पूजाको फिल्म पहिलो गर्लान् या फिल्म ‘जेरी अन टप’ गर्लान् या होम प्रोजेक्ट ‘माइतीघर २’ गर्लान् त्यो भने केही समयमा नै थाहा लाग्ला ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment