धुर्मुस सुन्तलीका लागि खुशीको खबर, अलपत्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले निर्माण गर्ने
- Get link
- X
- Other Apps
काठमाण्डौ – चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले निर्माण सम्पन्न गर्ने भएको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठक यस्तो निर्णय गरेको हो ।
कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले रंगशाला निर्माणको क्रममा लागेको १८ करोड रुपैयाँ ऋण तिर्न नसकेको भन्दै भरतपुर महानगरपालिकालाई जिम्मा लगाएर निर्माण रोकेका थिए । अब भने मन्त्रिपरिषद्को निर्णयसँगै अब गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम अगाडि बढ्ने भएको हो ।
धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण शुरु गरेको रंगशाला रकम अभावका कारण केही वर्षदेखि अलपत्र परेको थियो । मन्त्रिपरिषदको निर्णय अनुसार अहिले हिसाब फरफारक गर्नका लागि सरकारले १२ करोड रुपैयाँ दिने छ ।
रकारको युवा तथा खेलकुद मन्त्रालयले निर्माण सम्पन्न गरेपछि रंगशाला भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्ने छ ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment