- Get link
- X
- Other Apps

मंसिर अपराह्न देखि बेपत्ता भएका एक जना युवकको श व चैत १२, गते चंखेली गाउँपालिका–६ स्थित कर्णाली नदीमा फेला परेको छ।प्रेमिका भेट्न हुम्ला पुगेका रुकुम पूर्व घर भएका संसार बेपत्ता भएका थिए । रुकुम पूर्व पुथा उत्तरगंगा-६ घर भएर हुम्ला गएका संसार घर्तिमगर मङ्सिर ८ बाट बेपत्ता भएका थिए।
२२, वर्षीय संसार घर्ती मगर आफ्नो प्रेमिकालाई भेट्न भनेर हिँडेका थिए। घर्तिमगर हुम्लाको चंखेली गाउँपालिका-४ बाट बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको थियो। उनकी प्रेमिका हुम्लाको चंखेली गाउँपालिकामा जागिर गरिरहेकी थिइन्।
उनलाई बेपत्ता बनाएको आरोपमा प्रहरीले दाङ घर भएकी एक जना युवती जो २०, वर्षीया राधा थापासहित ४ जनालाई पक्राउ गरेको थियो।पक्राउ पर्नेमा तिन जना पुरुष थिए। प,,क्राउ परेकी युवती र घर्तिमगर प्रेमी-प्रेमीका रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको हो।
कम्प्युटर अपरेटरमा नाम निकालेर हुम्लामा जागिर सुरु गरेकी प्रेमीकालाई भेट्न उनी हुम्ला गएका थिए। उक्त घटनापछि पीडितका परिवारले प्रहरीमा किटानी जाहेरी पनि दिएका थिए। आरोपी ४, जना विरुद्ध बेपत्ता सम्बन्धी कसुरमा मु द्दा दर्ता गरेर अनु:सन्धान सुरु गरिएको थियो।
प्रेमिकासँग विवाद भएपछि स्थानीयलाई लगाएर केटाहरूले उनलाई कुटपिट गरेको पीडितका परिवारले (पहिले/अहिले) पनि दाबी गरिरहेका छन्। अहिले ४ महिना पछि उनको शव चंखेली गाउँपालिका–६ स्थित कर्णाली नदीमा फेला परेको हो। माछा मार्न गएका मानिसले श व देखेपछि प्रहरीलाई खबर गरेका थिए।
हुम्लाका प्रहरीका अनुसार शव गलिसकेको अवस्थामा फेला परेको थियो। रूकुम पूर्वबाट मृतकका आफन्त घटना स्थल पुगेर शवको पहिचान गरेका हुन् । मृत,कका आमा, उनका साथी महेश लगायतका आफन्त हुम्ला पुगेका छन्। श व पोष्टमर्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment